मदिना मदरसामा जस्ने गरिब नवाज कार्यक्रम

बुलेटिन संवाददाता
४ बैशाख २०७६, बुधबार १२:३२

४ बैशाख, बुटवल । बुटवल मदिना मदरसा मस्जिद प्रबन्ध परिषद द्वारा नयाँ बर्ष २०७६ अवसरमा शुभकामना आदान प्रदान तथा जस्ने गरिब नवाज कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बुटवल उपमानगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यता तथा उप प्रमुख गुमादेवी आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बुटवल उपमानगरपालिका वडा नम्बर ५ का अध्यक्ष तेज बहादुर सुनार, रजाय मुस्तफा मस्जिद का अध्यक्ष हाजी मकबुल मिया को आतिथ्यता रहेको थियो ।
नयाँ बर्षको शुभकामना आदान प्रदान नयाँ कार्यसमितिको पदस्थापन तथा मस्जिद निर्माण गर्न योगदान गर्नु हुने हरुलाइ कदर पत्र द्वारा सम्मान गरिएको थियाे ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष हाजी सकुर मिया निबर्तमान अध्यक्ष बबर मिया ज्युले आनो अध्यक्षताको माला लगाई अध्यक्षको प्रदभार ग्रहण गराएका थिए ।
मस्जिद निर्माण गर्न योगदान पुर्याउनु हुने स्वर्गिय करिम दिन मिया कि धर्म पत्नी हज्जिन सकिना मियानी, स्वर्गीय खली लुल्लाह कि धर्म पत्नी करिना बेगम, हाजी करिम बक्स मिया, हाजी याकुब खा,हाजी मुनिर बक्स मिया, मोहम्मद खालिद मिया, हाजी जमाल मिया, हाजी अहमद अलि मिया तथा जलिउल्लाह मिया लाई प्रमुख अतिथि तथा विशिष्ठ अतिथिहरुले खादा र कदर पत्र द्वारा सम्मान गर्नु गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका बरिस्ठ उपाध्यक्ष जलिउल्लाह गरेका थिए । यस्तै कार्यक्रममा रजाय मुस्तफा मस्जिद का अध्यक्ष हाजी मकबुल मिया, निबर्तमान अध्यक्ष बबर मिया, वार्ड न ५ का वार्ड अध्यक्ष तेज प्रसाद सुनार, विशिष्ट अतिथी बु उ म न पा कि उप मेयर गुमा देबि आचार्य, प्रमुख अतिथी ज्यु ले शुभकामना मनतब्य राखेका थिए ।

मस्जिद का बिषयमा संस्थाका कोसाध्यक्ष सलाम बक्स मिया, सबर मिया ले प्रकास पारेका थिए । कार्यक्रममा करिब १५०० जना को जन सहभागिता रहेको कमालद्दिन मियाले जानकारी दिए ।

धन्यवाद मन्तब्य संस्थाका संरक्षक हाजी जमाल मिया राखेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिब मोहम्मद जमिल खान गरेका थिए ।