मिसेस लुम्बिनी सिजन दुईको उपाधी सोनिकालाई

बुलेटिन संवाददाता
४ बैशाख २०७६, बुधबार ०९:५४

झविन्द्र देवकोटा
४ बैशाख, बुटवल । रुपन्देहीको बुटवलमा भएको मिसेस लुम्बिनी सिजन दुईको उपाधी बुटवलकी सोनिका खड्काले जितेकी छन् ।

उनले मिसेस लुम्विनीको ताज, प्रमाणपत्र सहित नगद १५ हजार हात पारेकी छन् । उनले एक दर्जनभन्दा बढी प्रतिस्प्रर्धीहरुलाई पछिपार्दै उपाधी चुमेकी हुन् । यस्तै मिसेस लुम्विनीको फस्ट रनरअपको उपाधी बुटवलकी रन्जना भुषालले जितेकी छन् भने सेकेण्ड रनरअपको उपाधी अर्घाखाँचीकी गरिमा बिसीले हात पारेकी हुन् ।

आर एन स्टाईलको आयोजनामा भएको कार्यक्रमको विजेता दुबैले ताज सहित प्रमाणपत्र र थुप्रै उपहारहरु हात पारेका छन् । यस्तै मिसेस लुम्विनी प्रतियोगितामा मिसेस प्रफेक्टमा बुटवलकी रन्जना भूषाल, भिवर च्वाईसमा भैरहवाकी सरिता राना र अर्गनाईजर च्वाईसमा देवदहकी नेहा शर्माले आफ्नो नाम लेखाएका छन् । चर्चित आधुनिक गायिका देबीका बन्दना सिंहको आतिथ्यतामा भएको कार्यक्रममा आनिक रानामगर, सुन्दर गुरुङ्ग र रेखा रानाले निर्णायकको भुमिका निभाएका थिए ।

आर एन स्टाईलका संचालक रेशम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संचारकर्मी सुमन श्रेष्ठले गरेका थिए ।