कृषि यान्त्रिकरणमा किसानको आकर्षण बढ्दै, सरकारको उपस्थिती निराशाजनक

बुलेटिन संवाददाता
१४ चैत्र २०७५, बिहीबार १४:३७

१४ चैत, बुटवल । युवाहरु धमाधम बिदेश गएर कृषि श्रमीकको अभाव हुन थालेपछि कृषकहरुको आकर्षण कृषि प्रबिधीको प्रयोगमा बढ्दै गएको छ ।

किषानको कृषि उपकरणमा आकर्षण बढेपनि पनि राज्यले सहयोग नगर्दा कृषकहरुले अपेक्षित लाभ लिन भने सकिरहेका छैनन् ।
रुपन्देहीको रोहिणी ५ का किसान रबिन्द्रनाथ चौधरीले ५ वर्ष अगाडी कम्बाईन हार्वेष्टर खरिद गरेर ल्याएका थिए । ल्याउंदा कै बेला दक्ष चालक नपाएर पिडीत भएका चौधरीले नेपाली कामदारलाई चालक त बनाए तर मरमतकालागी पार्ट पुर्जा नपाएर उनलाई पटक पटक समस्या झेल्नुपरेको छ । १६ लाख भारतीय रुपैयामा हार्वेष्टर खरिद गरेका उनले खरिद गरेकै बेला भन्सारबाट १ प्रतिशत छुट दरमा सरकारी सुबिधा बाहेक उनलाई राज्यबाट कुनै सहयोग भएको छैन । चौधरीले प्रति घण्टा ५ हजार वा प्रति बिगाहा ५ हजार शुल्क लिएर हार्वेष्टर भाडामा चलाएकाछन् ।

सरकारले हार्वेष्टर्र मेसिनबाट धान वा गहुं काट्दा पराल नष्ट हुने र गाईबस्तुको खाने श्रोत बन्द हुने भन्दै २ वर्ष पहिले हार्वेष्टरको प्रयोगलाई बन्द समेत गरेको थियो । तर पछि पराल नष्ट नगरि रोलर प्रयोग गरेरमात्र मेसिन चलाउने सर्तमा गत वर्ष प्रतिबन्ध आफै फुकाएको थियो । तराईको फांटहरुमा ब्यवसायीक खेती गर्ने किसानहरुलाई कम्बाईन हार्डवेष्टर्ड उपयोगी देखिए पनि राज्यको सहयोग हुन नसक्दा हरेक दिन सिमा पारीबाट भाडामा मसिन ल्याएर प्रयोग गर्न सिमा क्षेत्रका किसानहरु बाध्य छन् ।


रुपन्देहीकै सुद्धोदन गांउपालिकाका किसान अर्जुन पौडेलले १ लाख ५० हजार तिरेर २ वर्ष पहिले धान र गहुं काट्ने रिपर भित्राएका थिए । तर भित्राएसंग रिपर मरमत गर्ने सामाग्री नपाउंदा कामको निरन्तरतामा पटक पटक अवरोध हुने गरेको छ । रिपरको प्रयोगले खौद्य उत्पादनको लागत घट्ने भएपनि पार्टपुर्जा नपाईने तथा छिटो छिटो बिग्रने समस्या रहेको पौडेलको भनाई छ ।

त्यसो त सरकारले कृषिलाई आधुनिकरण गर्ने भन्दै बेलाबेलामा बिभिन्न कार्यक्रमहरु सार्वजानीक गर्ने गर्दछ । सरकारले किसानहरुलाई यन्त्रीकरणमा आकर्षण गर्ने भन्दै कार्यक्रमहरु बनाएपनि सरकारको कार्यक्रम किसानहरु सम्म पुग्न भने सकेको छैन । कार्यक्रमहरु कागजमा मात्र सिमित भएका छन । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका निर्देशक लक्ष्मण पौडेलले भने कृषिलाई उद्योगमा रुपान्तरण गर्ने र कृषिलाई यान्त्रीकरण गर्ने सरकारको प्राथमीकतामा रहेको दाबी गर्छन् ।


सरकारको कृषि पुर्वाधार बिकास तथा कृषि यान्त्रीकरण प्रबद्र्धन केन्द्रका प्रमुख राजेन्द्र मिश्र पनि बिउ छर्ने र काट्ने मेसिन बाहेकको यन्त्रहरुमा किसानहरुको आकर्षण बढेको बताउंछन् । बिउ छर्ने र काट्ने यन्त्रहरु पनि छिट्टै किसानको पहुंचमा पुग्ने उनको बिश्वास छ ।
बिउ, प्रबिधी र यन्त्रीकरणका लागि सरकार संगै नेपालमा दातृ निकायको समेत ठुलो लगानी रहंदै आएको छ । तर, ती निकायको लगानीले प्रभावकारी परिणाम भने दिन सकिरहेको छैन । यन्त्रीकरणमा बिषयमा सरकारी अधिकारीहरुले चासो नदिएका कारण प्रभावकारी हुन नसकेको अन्तरराष्ट्रिय मकै तथा गहुं बाली सुधार केन्द्र सिमिटका नेपाल प्रतिनिधि स्कट जस्टीसको भनाई छ ।


कृषि प्रधान देश भनिएपनि युवाहरुको बिदेश तिर पलायन तथा कृषिमा आधुनिक प्रबिधीको बिकास नहुंदा नेपालमा कृषि पेशाले आत्म सम्मान पाउन सकेको छैन । कृषि पेशालाई सम्मानीत र आकर्षित गर्न नारामा होईन ब्यवहारमा यन्त्रीकरण गर्न आवश्यक छ ।