प्रदेशस्तरिय ह्वीलचियर बास्केटबलमा ९ टिम अघिल्लो चरणमा

बुलेटिन संवाददाता
२४ फाल्गुन २०७५, शुक्रबार १४:३०

२४ फागुन, बुटवल । शुक्रबारबाट रुपन्देहीमा शुरुभएको प्रदेश स्तरिय ह्वीलचियर बास्केटवलमा ७ वटा टिम अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

बुटवल–११ देवीनगरमा रहेको भुपु शैनिक कल्याण्ड क्लवको कोर्टमा भएको प्रतिष्पार्धामा दुई वटा महिला टिम सहित ९ वटा टिम अघिल्लो चरणमा प्रवेश गरेका हुन । प्रदेश नम्बर ५ र प्रदेश नम्बर १ का महिलाहरुको विचमा भएको प्रतिपर्धामा १२–२४ ले प्रदेश नम्बर ५ विजयी भएको हो ।

यस्तै प्रदेश नम्बर ७ र प्रदेश प्रदेश नम्बर ३ का विचमा भएको प्रतिपर्धामा प्रदेश नम्बर ३, ४–१० ले विजयी भएको हो ।
यस्तै प्रदेश नम्बर ३ र प्रदेश नम्बर ४ का पुरुष खेलाडीहरुको विचमा भएको प्रतिपर्धामा प्रदेश नम्बर ३ विजयी भएको छ । यस्तै प्रदेश नम्बर १ र प्रदेश २ का विचमा भएकोम खेलमा प्रदेश नम्बर २ विजयी भएको हो ।

यस्तै प्रदेश नम्बर ७ र प्रदेश नम्बर ६(कर्णली)का विचमा भएको प्रतिष्र्पामा प्रदेश नम्बर ६ विजयी भएको हो ।

यस्तै प्रदेश नम्बर ५ र नेपाल आर्मीका विचमा भएको प्रतिष्पार्धामा १०–४६ अंकले नेपाल आर्मी विजयी भएको हो ।
यस्तै प्रदेश नम्बर ३ र प्रदेश नम्बर ६ का विचमा भएको प्रतिष्पार्धामा २४–१२ अंका साथ प्रदे शनम्बर ३ विजयी भएको हो ।

यस्तै प्रदेश नम्बर २ र प्रदेश ५ का विचमा भएकोमा १६–१२ अंक सहित प्रदेश २ र प्रदेश नम्बर ४(गण्डकी) र प्रदेश नम्बर ७(सुदुरपश्चिम)का विचमा भएको प्रतिष्पर्धामा प्रदेश नम्बर ४, १५–० अंका साथ विजयी भएको हो ।