शुक्रबारदेखि बुटवलमा क्यान इन्फोटेक, तयारी अन्तिम चरणमा

बुलेटिन संवाददाता
१ फाल्गुन २०७५, बुधबार १३:०४

१ फाल्गुन, बुटवल । क्यान महासंघ रुपन्देहीको आयोजनामा आगामि शुक्रबारदेखि बुटवलमा हुने स्टाटप्स वाइटेक क्यान इन्फोटेक २०१९ ईन एशोसिएशन विद प्रभु पे को तयारी अन्तिम चरणमा पुगेको छ । फाल्गुन ७ गतेसम्म प्रदर्शनी स्थल बुटवलमा चल्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारि दिएका हुन ।

मेलामा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय शूचना तथा संचार प्रविधि सम्बन्धि कम्पनीका स्टलहरु रहने छन । कम्प्युटर हार्डवेयर, मेन्टिनेन्स्, पावर सोलुसन्स, मोवाईल एसेसरिज्, डिलर र डिष्टिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसनस्, वैंक, आई सि टि कलेज, शैक्षिक परामर्स केन्द्र लगायतका १४० स्टलमा ९० भन्दा बढि कम्पनीको सहभागिता रहने जनाइएको छ ।

इन्फोटेकले नेपाली सुचना प्रविधिको बिकास गर्न सहयोग गर्ने बिश्वास आयोजकले लिएका छन । पत्रकार सम्मेलनमा क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रेष्ठले मेलाको माध्यमबाट व्यावसायीहरुलाई नौलो प्रविधिको प्रदर्शन गर्दै ब्यापारिक सम्भावना बिस्तार गर्ने अवसर मिल्ने बिश्वास लिएको बताए ।


अत्याधुनिक सेक्युरिटि टेक्नोलोजि सहितका स्मार्ट घरहरु, नेपाली वैज्ञानिकले बनाएका रोवर्ट तथा ड्रोनको प्रदर्शनी साथै सफ्टवेयर र सेक्युरिटि सम्पन्धि प्रविधी मेलाको आकर्सणको रुपमा रहने अध्यक्ष श्रेष्ठले बताए ।

 

मेलामा फाल्गुन ६ गतेलाई विजनेस डे को रुपमा घोषण गरिएको छ । जुन दिन विजनेस हाउसहरुले बिभिन्न डिलर र भेन्डरहरुसंग प्रत्यक्ष विजनेस डिल गर्नेछन् ।
सर्वसाधारणका लागि ५० र बिद्यार्थीका लागि २० रुपैयाको प्रवेश टिकट लाग्ने मेलामा सरकारि बिद्यालयका बिद्याथी, जेष्ठ नागरिक, असाह्य र अपांगका लागि भने निशुल्क प्रवेशको ब्याबस्था मिलाइएको आयोजकले जानकारि दिए ।