श्रीपंचमिको अवसर पारेर शैक्षिक संस्थाहरुमा सरस्वती पुजा तथा अक्षर आरम्भ

बुलेटिन संवाददाता
२७ माघ २०७५, आईतवार १७:३५

२७ माघ, तिलोत्तमा । श्रीपैचमीको अवसर पारेर आज रुपन्देहीका शैक्षिक संस्थाहरुमा बिशेष प’जाआराधाना भएको छ । बिद्यालयहरुमा स साना नानिबाबुहरुलाई अक्षर आरम्भ समेत गराइएको छ ।

यस क्षेत्रका न्यु ईन्भारोमन्ट स्कुल , शान्ति माबि, होराइजन जिबिएस, न्यु लाईट लगायतका बिद्यालयहरुमा आज पुजाआजा संगै अक्षरआरम्भ गराइएको बिद्यालयहरुले जनाएका छन ।

त्यस्तै तिलोत्तमा नगरपालिका स्थित वडा न १ मा रहेको न्यु लाइट कलेजमा क्रियासिल न्यु लाइट साहित्यक मन्चले सरस्वती पुजा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमा तिलोत्तमा नरपालिका वडा न १ का वडा अध्यक्ष तामनाथ पाण्डेको पनि उपस्थिती रहेको साहित्यिक मञ्चका अध्यक्ष हरि न्यौपानेले जानकरि दिए ।