भैलोबाट उठेको रकमले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग

बुलेटिन संवाददाता
२७ माघ २०७५, आईतवार १६:५७

२७ माघ, बुटवल । युवाहरुको सामाजिक संगठन नमस्ते नेपालले तिलोत्तमा नगरपालिका १ मा रहेको सिद्धार्थ आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । तिहारमा देउसि भैलो खेलेर जम्मा गरेको रकमले सो बिद्यालयका बिद्यार्थीहरुलाई आज श्रीपंचमीको अवसर पारेर शैक्षिक सामग्री सहयोग बितरण गरेको संस्थाले जनाएको छ ।

पढ्ने इच्छा भएका कसैलाई पनि शैक्षिक सामाग्रीको अभावले शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने हेतुले सो सहयोग गरिएको बताइएको छ । बिद्यार्थीहरुलाइ झोला ,कापी र खेलकुद सामाग्री वितरण गरेको छ ।

कार्यक्रममा तिलोत्तमा वडा नम्बर १ का वडा अध्यक्ष तामनात पाण्डे, बिधालयकि प्राचार्य रुपा साही, वडा सदस्य अर्जुन थापा लगायतको उपस्थितिमा ति सामाग्रीहरु ह्स्तान्तरया गरिएको थियो ।

नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलको संयोजकत्वमा सम्पन्न सो कर्यक्रमको संचालन सचिव सरोज खनालले गरेका थिए भने सावित्रा लम्सालले स्वागत गरेको संस्थाका सदस्य मनिष भुसालले जानकारी दिए ।