युवा पिढिलाइ लक्ष्यित गरि बुटवलमा खुल्यो माउण्ट रोयल एजुकेशन

बुलेटिन संवाददाता
२७ माघ २०७५, आईतवार १२:५९

२७ माघ, बुटवल । युवा पिढिलाइ लक्ष्यित गरि माउण्ट रोयल एजुकेशन को बुटवमा शुभारम्भ गरिएको छ । आईतबार बुटवल वडा नम्बर–९ का अध्यक्ष विष्णु बहदादुर थापाले कन्सल्टेन्सीको उद्घाटन गरेका हुन ।

विगत लामो समय देखि जापानमा बस्दै आएका राजन गैरेले बुटवल–९ राजमार्ग चौरहामा कन्सल्टेन्सी सुरुवात गरेका हुन । कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले नेपालमा शिक्षित बेरोजगारहरुको संख्या बढि भएको भन्दै विदेशमा गएर सीप शिकेर पुनः नेपालमा नै आएर पेश व्यवसाय गर्नको लागि कन्सटेन्सीहरुले उत्प्रेरणा प्रदान गर्नुपर्ने बताएका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष राजन गैरेले बिशेष गरि युवाहरुलाइ लक्ष्यित गरि यो कन्सल्टेन्सी खोलिएको बताए । पहिलो चरणमा जापानको अतिरिक्त युरोपियन देशहरुको लागि समेत आफुले कार्य गर्ने जानकारी दिए ।

कार्यक्रममा बुटवल उवासंघका सचिव कमल पौडेल, गरिमा विकास बैंक बुटवल शाखा प्रमुख लेखनाथ भट्टराई , नेपाल टेलिकम बुटवल शाखा अधिकृत दोण प्रसाद गैरे, जोन एजुकेशन बुटवल शाखा प्रमुख कृष्ण न्यौपाने लगायतले बोलेका थिए ।