दुर्गादत्त माविमा साताव्यापी कार्यक्रम जारि, आईतवार बार्षिकउत्सव

बुलेटिन संवाददाता
२३ माघ २०७५, बुधबार १६:१०

छाया पन्थ 

२३ माघ, बुटवल । दुर्गादत्त मा विले आफ्नो ५४ औँ वार्षिकउत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमलाई आज पनि निरन्तरता दिएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो चरणमा खेलकूदका कार्यक्रम आयोजना गरेको विद्यालयले आज तेस्रो दिन पनि विभिन्न खेलहरु सम्पन्न गरेको छ । आज कक्षा सात , आठ र कक्षा नौ का बिद्यार्थीबिच शटपुट , स्याक रेस , म्युजिकल चियर , फुटबल र भलिबल खेलहरु सम्पन्न भएका छन् ।

शटपुटमा कक्षा सात र आठका छात्रबिच भएको खेलमा नारायण राना प्रथम, बिष्णु राना दोस्रो र लोकेन्द्र चौहान तेस्रो भएका छन् । त्यस्तै छात्रातर्फ पूजा कडेंल प्रथम , ईशा घिमिरे दोस्रो र गिता बोहोरा तेस्रो भएका छन् ।

त्यस्तै कक्षा दशका छात्र मध्य विशाल मल्ल प्रथम पूर्ण बहादुर दोस्रो र आशिष क्षेत्री तेस्रो भएका छन् । छात्रातर्फ भएको खेलमा लक्ष्मी घिमिरे प्रथम शर्मिला पाण्डे दोस्रो र ईशिका क्षेत्री तेस्रो भएका छन् ।

शटपुट अन्तर्गत कक्षा नौ र दशका छात्रबिच भएको खेलमा सरोज राना प्रथम, सन्दिप नेपाली दोस्रो र भुपिन थापा तेस्रो भएका छन् । त्यस्तै छात्रामा रञ्जना थापा प्रथम, मेघाना राना दोस्रो र ईशिका क्षेत्री तेस्रो भएका छन् । अर्को रमाइलो खेल म्युजिकल चियरमा कक्षा चार पाँच र छ का विद्यार्थीबिच भएको खेलमा अनिशा क्षेत्री प्रथम शिशम दोस्रो र अस्मिता सारु तेस्रो भएका छन् ।

त्यस्तै छात्रमा सन्देश रुचाल प्रथम, पारस केसी दोस्रो र विश्वाश गुरुंग तेस्रो भएका छन् । त्यसैगरी कक्षा दशका बिद्याथीका बिच लंग जम्प खेल खेलाइएको छ भने कक्षा सात आठ र नौ का बिद्यार्थीहरुलाई म्युजिकल चियर खेल खेलाइको छ । कक्षा एक, दुई र तीनका विद्यार्थीबिच पनि स्याक रेसका खेल खेलाइएको छ ।

खेल सप्ताहमा प्रथम , दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल विद्यार्थीलाई माघ २५ गते मेडल वितरण गरिने खेल संयोजक प्रकाश लाल श्रेष्ठले जानकारी दिनुभएको छ । विद्यालयले माघ २७ गते बिहान सात बजेबाट सरस्वती पूजा गर्ने र एघार बजेबाट मूल समारोह गर्ने बिद्यालयले जनाएको छ । सरस्वती पूजाको दिन एक विशेष कार्यक्रमको आयोजना गर्ने पनि जानकारी दिएको छ ।