विश्व क्यान्सर दिवसको अबसरमा रुपन्देहीमा विभिन्न कार्यक्रम गरि मनाइयो

बुलेटिन संवाददाता
२१ माघ २०७५, सोमबार १५:०१

२१ माघ, बुटवल । विश्व क्यान्सर दिवस रुपन्देहीमा पनि विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

क्यान्सर दिवसको अवसरमा बुटवलमा पनि सचेतना मुलक ¥यालीको आयोजना गरियो । पब्लिक हेल्थ भोलिन्टीएर क्लवको आयोजनामा राजमार्ग चौराह बाट सुरु भएको ¥याली ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

¥यालीमा सहभागिहरुले क्यान्सर दिवस सफल पारौ, बर्षमा एक पटक स्वास्थ्य जाँच गरौ, धुम्रपान, मध्यपान नगरौ, क्यान्सर बाट बचौ र बचाऔं जस्ता प्ले कार्ड बोकेका थिए । कोण सभामा बोल्दै क्लवका सल्लाहकार गणेश भटटराईले नियमित स्वास्थ्य जाँच गरे क्यानसर जस्ता रोगहरु बाट बच्न सकिने बताए । पब्लिक हेल्थ भोलिन्टीएर क्लवका संयोजक सुमन तिमिल्सीनाले मेसिनरी सामाग्री नियमित चेकअप जस्तै आफ्नो स्वास्थ्य पनि चेकअप गर्न सवैलाई आग्रह गरे ।

कार्यक्रममा संजिवनी कलेज आफ मेडिकल साईन्सेजका मदन पन्थी, लियो क्लव अफ बुटवल मणिमुकुन्दका सन्तोष खरेल, लियो क्लव अफ भलबारीका गोविन्द बञ्जाडे लगाएतले बोलेका थिए ।