मेडीकल कलेजमा नर्सिङ् दिवस मनाइयो

बुलेटिन संवाददाता
२१ माघ २०७५, सोमबार ०६:३८

अम्बिका पाण्डे (भट्टराई)
पाल्पा,/‘सुरक्षित कार्य क्षेत्र–स्तरीय नर्सिङ्ग सेवा’ भन्ने नाराका साथ माघ १५ गते मंगलबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी ५७ औं राष्ट्रिय नर्सिङ्ग दिवस मनाइएको छ ।

पाल्पामा लुम्बिनी मेडिकल कलेजमा कार्यरत नर्सहरूले पनि दिवसका अवसरमा अन्तरक्रिया र विरामी सम्मान लगायतका कार्यक्रम गरी मनाएका छन् ।

लुम्बिनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले नर्सहरूले टिमवर्कमा आपसी समस्या सेयर गरी मित्रवत रूपमा काम गर्नुपर्ने बताए । ‘नर्सहरूको बोली र व्यवहार नम्र हुनुपर्दछ ।’ उनले भने, ‘नर्स जस्तोसुकै रोगका विरामीहरूस“ग भिड्नुपर्ने भएकोले आफू सुरक्षित रहेन काम गर्नुपर्ने हुन्छ ।’ अध्यक्ष पोखरेलले नर्सिङ पेसालाई पहिले राम्रो तवरले नहेरिने गरिए पनि अचेल सम्मानजनक रूपमा हेर्न थालिएकोले थप जिम्मेवार भएर अगाडि बढ्दै कलेज र व्यक्तिगत विकासलाई उचाईमा पु¥याउने गरी अगाडि बढ्न सुझाव दिए ।
यस्तैगरी लुम्बिनी मेडिकल कजेलकी मेट्रोन ममता कोइरालाले नर्सिङ्को सुरुवात घरदेखि भएको स्मरण गर्दै नर्सहरूको जनताको सेवा गर्न सक्छु भन्ने अठोट लिनुपर्ने बताइन। उनले अस्पतालमा भर्ना भएका विरामीहरूको जिम्मेवारी नर्सहरूकै हातमा रहने र उनीहरूको राम्रो व्यवहारले पनि बिरामीको आत्मबल बढ्ने भएकाले मिजासिलोपन नर्सहरूको गहना भएको बताइन ।

यस्तैगरी कार्यक्रममा एसिस्टेन्ट मेट्रोन खुमा पुनमगर लगायतले नर्सिङ् पेशाका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन स्टाफ नर्स सृष्टि बज्राचार्य र श्रद्धा कार्कीले गरेका थिए भने संयोजन वन्दना पोखरेलले गरेकी थिइन । कार्यक्रममा मेडिकल कलेजमा विभिन्न वार्डमा कार्यरत नर्सहरू, अस्पतालका कर्मचारी लगायतको सहभागिता रहेको थियो।

नर्सहरूको पेशागत हकहित र सुरक्षाका लागि २०१८ माघ १५ गते नेपाल नर्सिङ्ग संघको स्थापना भएको थियो । अन्तराष्ट्रिय नर्सिङ्ग दिवस भने फ्लोरेन्स नाइटेङ्गलको जन्मोत्सव, मे १२ मा मनाउने गरिन्छ ।