स्वास्थ्य शिबिर तथा बेबी वार्मर मेशीन हस्तान्तरण

बुलेटिन संवाददाता
१२ माघ २०७५, शनिबार १३:४७

१३ माघ, लुम्बिनी । स्वर्गीय दयाराम फाउण्डेशन रुपन्देहीको आयोजनामा रुपन्देहीको दुई स्थानमा निःशुल्क आँखा शिबिर कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका भुजहिया स्थित बलरामपुर माबिमा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न शिबिरमा तीनसय २५ जना रोगीहरुलाई बुद्धडेन्टल क्लिीनिकका नेत्ररोग बिशेषज्ञ डा.इमरान शेषको नेतृत्वमा ६ जना स्वास्थ्यकर्मीहरुले नेत्रपरिक्षण तथा औषधी बितरण कार्यमा सहयोग पुरयाए थिए ।

यसै गरि गैडहवा गाँउपालिकाको बिष्णुपुरा माबिमा सम्पन्न स्वास्थ्य शिबिरमा तीन सय १६ जना नेत्ररोगीहरुलाई रणअम्बिका आँखा अस्पतालका नेत्रसहायक महेश अर्याल नेतृत्व ६ सस्दयसीय स्वास्थ्यकर्मीहरुको टोलीले नेत्रपरिक्षण तथा औषधी बितरण गरेको आयोजक संस्थाका अजयसिंह क्षेत्रीले जानकारी गराए ।
यसै गरि सुर्यपुरा एटल सबेलफेयर अर्गनाईजेशन बुटवल द्वारा नवजात शिशुहरुलाई तातो पार्नका लागि गैडहवा गाँउपालिकाको सुर्यपुरा उपस्वास्थ्यचौकीलाई एक थान बेबी भार्मर यन्त्र हस्तान्त्रण गरिएको छ ।


यन्त्र हस्तान्त्रण समारोहमा एटल संस्था अध्यक्ष कल्पना श्रेष्ठ,गाँउपालिका प्रमुख बच्चुलाल केवट, सुर्यपरा स्वास्थ्यचौकी ब्यवस्थापन समिती अध्यक्ष रामबेलास यादव लगायतको उपस्थिती थियो ।