रुपन्देहीमा सद्भाव र एक्यवद्धताका लागि ‘सप्तरङ्ग’ हुँदै

बुलेटिन संवाददाता
१२ माघ २०७५, शनिबार ०५:०४

झविन्द्र देवकोटा

१२ माघ, बुटवल । रुपन्देहीको मणिग्राममा सप्तरङ्ग सात प्रदेश हामी सद्भाव र एक्यवद्धताका लागि म्यूजिकल जोर्नी हुने भएको छ ।

मुलुकका सातै प्रदेशलाई प्रतिनिधित्व हुने गरि हुन लागेको कार्यक्रम माघ २४ गते रुपन्देहीको मणिग्राममा हुने भएको हो । मुलुकमा ख्याति कमाएका राष्ट्रिय कलाकारहरुको प्रस्तुतीमा हुने कार्यक्रममा गायक प्रमोद खरेल, ईन्दिरा जोशि, रामकृष्ण ढकाल, लोकगायक पशुपति शर्मा, हास्य कलाकार सन्दीप क्षेत्री, मोडल अन्जली अधिकारी, खेलाडी दिपक विष्ट लगायतका कलाकारहरुले आआफ्नो प्रस्तुती देखाउने शनिबार बुटवलमा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

गृष्मा ब्रोडकास्टिङ्ग कार्यकारी प्रमुम गृहेन्द्र घिमिरेले सद्भावका लागि म्यूजिकल जोर्नि सप्तरङ्ग माघ १८ गते दमकबाट सुरु हुने बताए । सप्तरङ्ग दमकपछि माघ २० गते जनकपुरमा, माघ २२ गते नारायणगढमा, माघ २४ गते रुपन्देहीको मणिग्राममा, माघ २६ गते सुर्खेतमा, माघ २८ गते धनगढीमा र फागुन २ गते पोखरासँगै सप्तरङ्गको समापन हुने जानकारी दिए । प्रदेशको प्रतिनिधित्व हुने गरि हुने कार्यक्रममा पाँच नम्बर प्रदेशको प्रतिनिधित्व भने कलाकार इन्दिरा जोशिले गर्ने बताइएको छ । गृष्मा ब्रोडकास्टिङ्ग प्रालिको आयोजनामा सातै प्रदेशमा हुन लागेको कार्यक्रमको पाँच नम्बर प्रदेश मणिग्रामको कार्यक्रमको आतिथ्यता भने तिलोत्तमा जेसिजले गर्न लागेको अध्यक्ष जयप्रकाश भट्टराईले जानकारी दिनुभयो । मणिग्रामको शान्ति माविमा हुने कार्यक्रम अवलोकनका लागि निशुल्क प्रवेशको ब्यवस्था मिलाइएको जेसिजका पुर्व अध्यक्ष यादव भट्टराईले जानकारी दिए ।

सातै प्रदेशको प्रतिनिधित्व हुने गरि गर्न लागिएको कार्यक्रम सबैप्रदेशमा सम्पन्न गर्दा झण्डै एक करोड खर्च लाग्ने गृष्मा ब्रोडकास्टिङ्गले बताएको छ ।