उजिरसिह रनिङ्ग शिल्ड वडा स्तरीय क्रिकेट प्रतियोगिता २०७५

बुलेटिन संवाददाता
२३ पुष २०७५, सोमबार १२:५३

२३ पुस, बुुटवल । बुटवलमा उजिरसिह रनिङ्ग शिल्ड वडा स्तरीय क्रिकेट प्रतियोगिता २०७५ शुरु भएको छ ।

बुटवल उपमहानगरपालिका र बुटवल क्रिकेट विकास समितिको संयुक्त आयोजनामा प्रतियोगिता शुरु भएको प्रतियोगिताको एक समारोहका बिच वडा नं. ११ का वडासदस्य नहकुल शाही, नहरपुर माविका प्रधानाध्यापक धनिश्वर गौतम, जिल्ला क्रिकेट संघका कोषाध्यक्ष निरजप्रताप खाडले एम्पायरलाई बल हस्तान्तर गरि प्रतियोगिताको उद्घाटन गरेका छन । बुटवल क्रिकेट विकास समितिका अध्यक्ष नेत्र पौडेलले वडास्तरमा उदयमान युवा खेलाडीलाई अवसरका रुपमा प्रतियोगिता गरिदै आएको बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद २५ हजारसहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद १२ हजार ५ सय, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्रतियोगितामा एक जना सर्वोत्कृट खेलाडीलाई म्यान अफ दी सिरिज, एक जना उदयमान खेलाडी तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानबाट पुरस्कृत गरिने उनले बताए ।

वडा नं. ११ स्थित नहरपुरमाविको खेलमैदानमा उद्घाटन खेलमा वडा नं. ३ विजयी शुरुवात गरेको छ । वडा नं. १९ लाई ८ रनले पराजित गर्दै वडा नं. ३ विजयी भएको हो । टस जितेर ब्याटिङ्ग रोजेर मैदान छिरेको वडा नं. ३ केवल १५.३ ओभरमा सबै विकेट गुमाएर ६२ रनको योगफल तयार गरेको थियो । उसका लागि विवेक थापाले २३ रनको दोहोरो रनबाहेक अन्य ब्याट्सम्यानले क्रिजमा टिक्न सकेनन । कम स्कोरमा रोक्न हरि थापाले ५ विकेट लिएका थिए । कम लक्ष्य पछ्याएको वडा नं. ३ को बलिङ्ग चल्यो ।

वडा नं. १९ का सबै ब्याटसम्यानहरु केवल १५.३ ओभरमा ५४ रनमा समेटिएसंगै वडा नं. ३ विजयी भएको थियो । वडा नं. १९ का लागि नारायण रेश्मीले २२ रन जोडेका थिए । कम रनमा रोक्न वडा नं. ३ का युवराजले ३ तथा विजय र निर्मलले समान २–२ विकेट लिएका थिए । खेलमा ४ ओभरमा १ मेडनसहित ५ रन दिएर ३ विकेट लिएका वडा नं. ३ का युवराज म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।

यसैगरि सोमबार नै भएको अर्को खेलमा वडा नं. ११ विजयी भएको छ । वडा नं. १२ लाई ४ विकेटले पराजित गर्दै वडा नं. ११ विजयी भएको हो । टस जितेर ब्याटिङ्ग गर्न मैदान छिरेको वडा नं. १२ ले १५ ओभरमा सबै विकेट गुमाएर केवल ७९ रनको योगफल तयार गरेको थियो । उसका लागि सुमन थापाले ३४ रनको योगदान दिएका थिए । देबेन्द्र सोमरेले २ विकेट लिएका थिए ।

कम लक्ष्यलाई पछ्याएको वडा नं. ११ ले १७.३ ओभरमा जित हासिल गरेको थियो । उसका लागि बिक्रम भुषालले २७ रनको योगदान दिएका थिए । खेलमा विक्रम भुषाल म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । बुटवल उपमहानगरपालिकाभित्रका १८ वडा प्रतियोगितामा भाग लिएका खेल संयोजक राजु रानाले बताए । प्रतियोगिताको फाईनल खेल माघ २ गते हुने उनले बताए ।

बुटवल उपमहानगरपालिकाभित्रका १८ वडा प्रतियोगितामा भाग लिएका खेल संयोजक राजु रानाले बताए । प्रतियोगिताको फाईनल खेल माघ २ गते हुने उनले बताए ।