पाठेघर क्यान्सर जाँच सम्बन्धी निःशूल्क स्वास्थ्य शिविर सम्पन्न

बुलेटिन संवाददाता
११ पुष २०७५, बुधबार ०५:००

११ पुस बुटवल । युनाटेड स्काई क्लब शुद्धोधन २ हिरापुरले पाठेघर क्यान्सर जाँच सम्बन्धी १ दिने निःशूल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । समाजमा सक्रिय रुपमा सामाजिक कार्यहरु गर्दै आएको यस क्लबले नेपाल परिवार नियोजन सघं शाखा रुपन्देहीको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरेको थियो ।

क्लवका अध्यक्ष सरोज खनालको अध्यक्षमा सुरु भएको कार्यक्रममा शुद्धोधन गाउपालिका वडा नं २ का वडा अध्यक्ष विष्णू बस्याल, वडा सदस्य लगायत विभिन्न टोल विकास सस्थाका अध्यक्षको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम वोल्ड भिजन सस्थाको सहयोग र नमुना एकीकृत विकास परिषदको समन्वय रहेको थियो । उक्त कार्यक्रममा कल्पना सुनारले स्वागत मन्तव्य र प्रमिला रायमाझीले सञ्चालन गरे कि थिईन ।