लुम्विनी एक्स्पो–२०७५ को दोस्रो दिन, सांस्कृतिक कार्यक्रममा प्रतियोगिता सुरु

बुलेटिन संवाददाता
६ पुष २०७५, शुक्रबार १४:३०

६ पुष, बुटवल ।  रुपन्देही व्यापार संघको आयोजनामा विहीवारबाट बुटवलमा सुरु भएको लुम्बिनी एक्स्पो–२०७५ को दोस्रो दिन १० हजार दर्शकले अवलोकन गरेको प्रदर्शनी आयोजक सचिवालयले जनाएको छ ।
प्रदर्शनीको दोस्रो दिनबाट सांस्कृतिक कार्यक्रम अन्तरगत प्रतियोगिताहरुको सुरुबात हुनुकासाथै राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुति पनि सुरु भएको छ । सांस्कृतिक उपसमितिका संयोजक ऋषिराम पाण्डेका अनुसार सांस्कृतिक कार्यक्रम अन्तरगत सनिवार डान्स आइडलको अडिसन र प्रस्तुति रहने छ ।
सांस्कृतिक कार्यक्रम अन्तरगत शुक्रवार राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहने जनाइएको छ । जस अन्तरगत चर्चित लोदोहोरी गायीका प्रिति आले, लोकदोहोरी गायक नारायण विपी परियार, आधुनिक गायिका कल्पना कुशुम, रिता केसी, नृत्य नितु कोइराला प्रस्तुति रहने छ । दोहोरी गित प्रतियोगिता अन्तरगत सनिवार हिमचुली दोहोरी साझा, बुटवल र पूर्णिमा दोहोरी साझ काठमाडौवीच प्रतिष्पर्धा हुने छ । शुक्रवार चर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, गायीका सपना गाहा, संजय शौगात, आधुनिक गायक हेमन्त शर्मा लगायतको प्रस्तुति थियो । दोहोरी गित प्रतियोगिता अन्तरगत राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान स्याङ्जा र राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान पाल्पावीच प्रतिष्पर्धा भएको थियो ।
एक्स्पोलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, डान्स आइडल लगायतका प्रतियोगिताहरु रहने छन् ।
एक्स्पोका क्रममा उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित बस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदान–प्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिने जनाइएको छ ।
यस पटकको एक्स्पोमा ८ लाख दर्शकले अवलोकलन गर्ने र ४० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ । एक्स्पोमा प्रविधि, सूचना प्रविधि, रेष्टुरेन्ट, अटो, कृषि, हस्तकला, फलोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका गरी ६ सय स्टलहरुला १२ वटा पेभिलियनहरुमा राखिएका छन् ।