पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प

बुलेटिन संवाददाता
२५ आश्विन २०७५, बिहीबार ०८:३६

२५ असोज, सिड्नी । पपुवा न्यु गिनीमा आज एकाबिहानै ७.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ ।

सो भूकम्पपछि बिहान ९ बजे ६.२ म्याग्नीच्युडको अर्को शक्तिशाली पराकम्प पनि गएको बताइएको छ । पहिलो शक्तिशाली भूकम्प र पछिल्लो परकम्पपछि उद्धार कार्य थालिएको समाचारमा उल्लेख छ ।

तर मानवीय क्षतिको बारेमा भने कुनै समाचार प्राप्त भएको छैन । यस भूकम्पको जानकारी चिनियाँ भूकम्प केन्द्रले दिएको छ ।

पपुवा न्यु गिनीको पूर्वतर्फ रहको न्यु ब्रिटेन द्वीपनजिकैको ८० किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रबिन्दु रहेको बताईएको छ ।

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी दिएको भएपनि केही समयपछि सुनामीको खतरा नरहेको बताइएको छ ।