२१ औं सताब्दीको रथ यात्रा सूचना प्रविधि – देश विकास अनि हाम्रो बुझाई

बुलेटिन संवाददाता
२१ आश्विन २०७५, आईतवार १०:०६

सरकारले गत आर्थिक वर्षमा देशै भरीका स्थानिय निकायमा सूचना प्रविधि अधिकृतको लागि आह्वान गर्यो र देशै भरिबाट यूवाहरुको उत्साहजनक सहभागितामा सवै जसो स्थानिय निकायमा आइ. टि अफिसरहरुको नियूत्ति भयो । गत आर्थिक वर्षको मसान्त सम्मको लागि भनेर गरिएको नियुत्ति यो आर्थिक वर्षमा निरन्तरता भयो तर अचानक मन्त्रिपरिषदको निर्णय भनेर पुरानो तलवमा घटेको भनेर असोजमा परिपत्र गरियो । किन घटाइयो त सूचना प्रविधि अधिकृतको तलव ? के हो सूचना प्रविधि अधिकृत ? के स्थानिय निकायमा सूचना प्रविधि अधिकृतको जिम्मेवारी घटाइएको हो ? वा औचित्य सकिएको हो ? यसै प्रसङगमा रहेर बुलेटिन नेपालका लागि सहकर्मी इ. नवसुजित भण्डारीले लामो समयदेखी बुटवल भैरहवा क्षेत्रमा आइ. टि अफिसरको रुपमा कार्य गरिरहनु भएका र हाल बुटवल उप महानगरपालिकाका सुचना अधिकृत ई. विवेक भुषाल संग गर्नुभएको कुराकानीको आधारमा तयार पारिएको यो आलेख
अहिलेको विश्व जगतलाई हेर्दा सूचना प्रविधिले धेरै ठुलो फड्को मारेको देखिन्छ |
औला भांची भांची गरेरो त्यो हिसाबहरु क्यालकुलेटरले सहजै गरिदिने कुनै जमाना थियो, अझ अहिले त कम्पुटर अनि software रे यसले त हाम्रो काम यति सहज गरिदियो कि वयान गर्ने गाह्रो | यहि सूचना प्रविधिबाट फड्को मार्ने प्रयास गर्दै नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP)को कार्यक्रम समन्वय ईकाईले नेपाल सरकारको सम्पूर्ण स्थानीय निकाय (महा/ उप-महा / नगरपालिका / गाउँपालिका) लाई २०७४-०७-१७ मा पत्र लेख्दै विभिन्न सूचक अनि शर्तहरुको अधिनमा रही सूचना प्रविधि अधिकृतको सेवा करार गरी जानकारी गराउन अनुरोध गर्यो | सोहि पत्र अनुसार सबै स्थानीय निकायले सूचना प्रविधि अधिकृतको नियुक्ति गरी जानकारी गरायो | सरकारी जागिरको मोह, सेवा गर्ने जोश अनि त्यति दरबन्दी पनि नखुल्ने; यहि आधारलाई अवसर ठान्दै धेरैले सूचना प्रविधि अधिकृतको पदमा आवेदन दिएर नियुक्ति लिई काम सुरु गरे |
करार सम्झौता निरन्तर गर्ने क्रममा २०७५-०३-२४ गते LGCPD बाट सम्झौता निरन्तरताको लागि पत्र आयो जसमा सूचना प्रविधि अधिकृतको करार सम्झौता २०७५-०९-१६ सम्म को लागि निरन्तरता दिएको विषय उल्लेख थियो | यो पत्रमा हाल सूचना प्रविधि अधिकृतले पाउने पारिश्रमिकको २५% स्थानीय निकायलाई व्यवस्ता गर्न अनुरोध गरिएको गरिएको थियो | यो पत्रले कतिपय सूचना प्रविधि अधिकृतलाई यो जागिर घाटीमा अड्केको हड्डी जस्तो थुक्न न निल्न गरायो जब उनीहरुले सेवा दिने स्थानीय निकायले आफु संग कुनै बजेट नभएकोले पत्र अनुसार २५% बेहोर्न नसकिने भनियो | अब उनीहरुको पारिश्रमिक पहिलाको लेही ७५% मात्र रहयो | अन्य कुनै सेवा सुबिधा पाउन त कता हो कता झन् सुरुको सम्झौता अनुरुप घटेको पारिश्रमिकको शोक बाट कतिपय बल्ल तल्ल उठ्दै थिए फेरी २०७५-०६-११ गते आएको पत्रले सबै सूचना प्रविधि अधिकृतहरुमा एकैसाथ ठुलो झट्का दियो | सो पत्रमा सबै सूचना प्रविधि अधिकृतको पारिश्रमिक घटाएर रा. प. तृतीय स्तरको दिने निर्णय गरिएको थियो |
पुरानो पेशा छोडेर राष्ट्रिय स्तरमा सेवा गर्ने अवसर पाएको भन्दै आएर यि सूचना प्रविधि अधिकृतलाई छानो बाट खसे जस्तो भयो | करारको सम्झौता, कार्यालयमा स्थायी र करार बिचको मतभेद; यो गुनासो लिएर जाने पनि कहाँ जाने | सम्झौता गरेको ३ महिना पछी पारिश्रमिक घटेको जानकारीले सबैलाई हीनताबोध गरायो | त्यसै त नेपालमा भविष्य छैन भन्ने साथीहरुको भनाइको बिरोध गर्दै नेपालमै केहि गर्ने दृनताका साथ अघि बढेका यस्ता सूचना प्रविधि अधिकृतलाई ठुलो पछुतो भयो | सरकारको जागिर सरकारको निर्णय जे गरेपनि सबैलाई मान्य नै हुन्थ्यो यदी सम्झौता सकिदाको मितिमा यस्तो निर्णय आएको भए | एउटा सम्झौतामा कायम हुदा हुदै सचिव स्तरीय यो एकलौटी निर्णयले धेरैको जोश जागरमा अंकुस लगाईदियो | अहिले अधिकाँश सूचना प्रविधि अधिकृतहरुको एउटा प्रस्न छ | के साचिनै सरकारले सूचना प्रविधिमा लाग्ने युवाहरुको रोजगार सुनिश्चित गर्न खोजेकै हो त ? हो भने किन अहिले सम्म कुनै दरबन्दी नखोलेको ?? दरबन्दी खोलेर खुला प्रतिस्पर्धा गराएर सुनिश्चित्ताका साथ नियुक्ति दिए हुन्थ्यो | कि संघिय प्रणालीमा गएको हाम्रो राष्ट्रलाई सुरुवातमा चाहिने सहयोगका निम्ति धेरै पैसा दिएर करारमा राखने अनि पछी चाहिदैन भनेर करार रद्द गर्ने कुनै सड्यन्त्र त होइन यो ? ६-६ महिनाको अनिश्चित जागिर गरेकोले कुनै दिगो विकासको काम गर्ने कि ६ महिना पछी मेरो के हुन्छ भन्दै त्यसपछिको योजना बनाउने ?? हालको सूचना प्रविधि अधिकृतको बेथा अर्कै छ | कहिँ नामको मात्र अधिकृत भएका छन भने कहिँ कम्पुटर ओपरेटर देखि दर्ता चलानीको काम समेत सम्हाल्न परेको छ |  कुनै योजना प्रस्ताब गर्दा बजेटमा छैन र पछी सल्लाह गरुम्ला जस्तो सब्दको आदीन भएका छन कतै | कहिँ कसैले आफ्नो विज्ञताको आधारमा काम गर्न पाएका छन भने पनि उनीहरुले गर्ने भनेको पंजीकरणको घटना दर्ता / SUTRA मा इन्ट्री / कम्प्युटरमा चिठी लेख्ने आदि | के यो काम सूचना प्रविधि अधिकृत स्तरको हो ?? software त जो कसैले चलाउन सक्ने गरी सहज हुन्छ, जसले चलाउदा नि हुन्छ | यो पद त मोबाइल डाक्टर को नाममा पनि परिचित हुदैछ |  सूचना प्रविधि अधिकृतको नियुक्ति दिन अघि सायद सबै स्थानीय तहहरुको उनीहरुको काम अनि जिम्मेवारीको बारेमा राम्रो संग जानकारी दिनु सरकारको दायित्व हुन्छ | किन यो पद श्रीजना गरेर नियुक्ति गर्ने पत्र पठाएको भन्ने बारे स्थानीय तहमा पनि थाहा हुनु अनिवार्य थियो | हुन त कतिपयको लागि यो जागिर भनेको विदेश जाने भिसा लाग्नु अघि टाइम पास अनि आम्दानीको श्रोत पनि भएको छ तर राम्रो संग काम गर्ने वातावारण यहि भए को विदेश जान चाहन्छ र ?? के हो त सूचना प्रविधि अधिकृत अनि उनीहरुको काम ?? सूचना प्रविधि भनेको अंग्रेजी मा आई.टि. ( IT – Information Technology) हो | Information भनेको सूचना अनि Technology भनेको प्रविधि, यहि हो सूचना प्रविधि | सूचना प्रविधि अधिकृत सूचना अधिकारी अर्थात् सूचना अधिकृत होइन, सूचना प्रवाह गर्ने काम सूचना प्रविधि अधिकृतको होइन |
कामको कम चापले गर्न यो जिम्मेवारी कहिँ कतै दिईएको छ होला तर सूचना प्रविधि अधिकृत भनेको प्रविधि संग हेलमेल गरेर कार्यालयको स्तर र सेवा प्रवाहलाई सरल बनाउने, नयाँ नयाँ प्रविधि अंगालेर दैनिक काममा सहयोग पुर्याउने हो | मन्त्रालय तथा विभिन्न बिभागले प्रदान गर्ने software सम्बन्धि राम्रो संग ज्ञान लिएर आफ्नो स्तनिय निकायमा त्यसलाई लागु गर्न सक्ने आवस्यक प्रक्रिया अघि बढाउने हो | कार्यालयमा प्रविधि सम्बन्धि सम्पूर्ण कामको जिम्मेवारी लिएर आवस्यक जवाफदेहिता वहन गर्ने सूचना प्रविधि अधिकृतको प्रमुख जिम्मेवारी हो |  क्षेत्रगत विज्ञताका आधारमा सूचना प्रविधि अधिकृतले गर्ने केहि कामहरु यस प्रकार छन: कम्प्युटर हार्डवेयर (Computer Hardware): कार्यालयमा प्रयोग हुने, प्रयोगमा ल्याउन आवश्यक देखिएको कम्प्युटर सिस्टम, सर्भर (SERVER) सम्बन्धि राम्रो संग जानकारी राखेर उचित परामर्श दिने | सिस्टमको सेकुरिटी सम्बन्धि पूर्ण सुरक्षाको बेवस्ता गर्ने | नेटवर्क (network): इन्टरनेटको संजाल तथा कार्यालयको सेवा सुबिधालाई उपयुक्त नेटवर्क व्यवस्थापन गरेर वार्ड तथा अन्य सेवा प्रयादक ठाउँहरुमा पुर्याउने | यसको लागि उचित सेवा प्रदायक छनोट गर्न कार्यालयलाई सहयोग गर्ने | सोफ्टवेयर (software) : कार्यालयको दैनिक कामहरु सहज हुने गरी उपयुक्त software हरु खरिद गर्न सहयोग गर्ने | software सम्बन्धि तालिम लिएर आफ्नो सहयोगीहरुलाई सिकाउने | सूचना प्रविधिको भरेंग चढेर रास्ट्रको विकास विश्वका धेरै विकसित राष्ट्रहरु हेर्ने हो भने सर्वप्रथम प्रविधिको उचित सदुपयोग र त्यसमा सबैको पहुचलाई प्राथमिकता दिएको देखिन्छ | हाम्रो देशमा पनि अहिले प्रविधिको क्षेत्रमा करोडौ खर्च हुदैछ, यसको परिणामपनि एकदिन अवस्य आउछ तर यसको लागि प्राविधिक जनशक्तिको उचित सदुपयोग गरेर सरकारलाई सबै संग हाथ मिलाएर अघि बढ्न जरुरि छ , उचित भविष्यको सुनिश्चितता गर्दै बाहिर जाने जनशक्तिलाई राष्ट्रमै रोक्ने वातावारण बनाउन अत्यन्त जरुरी छ | हाल स्तानिय निकायमा दिएको करार नामक भयको असुरक्षित नियुक्तिले न त सरकारलाई दिगो फाइदा हुने कुनै मदतनै गर्छ न यस प्रकारको जागिरको आशमा कसैले आफ्नो भविष्य अन्योलमा रख्छ | उचित दरबन्दीको बेवस्ता गरी खुला प्रतिस्पर्दा द्वारा योग्य मान्छे लियाउने व्यवस्ता सरकारले शीग्रनै गर्नु पर्छ | ६-६ महिनाको नियुक्ति दिदै सूचना प्रविधि जस्तो जटिल विषयलाई सामान्य रुपमा लिएर सरकारले उचित भविष्यको कल्पना गर्नु एउटा भुल मात्र हुनेछ |