पूर्वी अफगानिस्तानमा २१ जना लडाकू मारिए

बुलेटिन संवाददाता
१५ आश्विन २०७५, सोमबार ११:०२

१५ असोज , अफगानिस्तान । इस्लामिक स्टेट्ससँग आबद्ध कम्तीमा २१ जना लडाकूहरु अफगानिस्तानको पूर्वी नान्गरहर प्रान्तमा आइतबार गरिएको ड्रोन आक्रमणमा मारिएका छन् ।

प्रहरीका अनुसार मानवबिहीन ड्रोनले प्रान्तको खोजिआनी जिल्लामा लुकेर बसेका लडाकूमाथि आक्रमण गरेका थिए । आक्रमणमा स्थानीय कमान्डरहरु मलाङ र कारी दाउद समेतका लडाकू मारिए ।

आइएसले भने आक्रमणको क्षतिबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।