राज्य संचालन समाजबादी आर्दश प्रणाली मार्फत हुनुपर्छ : ने.क.पा. पोलिटब्यूरो कार्की

बुलेटिन संवाददाता
१० आश्विन २०७५, बुधबार १०:४४

नेपालको बामपन्थी राजनीतिमा लामो समय देखि सक्रिय रुपमा रही बिभिन्न उतारचढाव पार गर्दै अहिले सत्तारुढदल ने.क.पा.को स्थायी कमिटी सदस्यको जिम्मेवारी बाहन गरिरहेका बामपन्थी नेता रामकार्की सँग बुलेटिन नेपालका सम्बाददाता बिन्दु कुमार चौहान बीच समसामयिक राजनीति बारे गरेका केही कुराकानी

लाल सलाम !

धन्यबाद ।

अहिले राजनीतिक गतिबिधी कसरी अगाडी बढिरहेको छ  ?

बर्तमान परिवेसमा नेपालको राजनीति हेर्ने हो भने आर्दशबादी भन्दा समझौताबादी ढंगबाट अगाडी बढेको देखिन्छ किनभने राणा र राजा, काँग्रेस र कम्युनिष्ट लगायत अन्य दल बीच समझौता हुदै पछिल्लो समयमा एमाले र माओबादीकेन्द्र बीच समझौता भई नेपाल कम्युनिष्ट पार्टी पूर्ण बहुमत प्राप्त गरेको ईतिहासमा उल्लेख छ ।

तर एउटा कम्युनिष्टपार्टी सत्तामा अर्को बिप्लव नेतृत्व कम्युनिष्ट पार्टी आन्दोलनमा कतै जनता झुक्कयाउने काम भएको त होईन  ?

बिप्लव जी ले माओबादी छापामार नक्कल गरिरहेका छन त्यो क्रान्तिको पुर्नाबृत्ति हो पुर्न बिकास होईन किनभने ईतिहास कहिले पनि दोहोरिदैन अगाडी हेर्दा जनताले समबृद्धि खोजी रहेका छन नेपालीलाई समबृद्ध बनाउदै समाजबाद तिर लम्किनु आजको आवश्यकता हो ।

बिगतमा सँसदलाई खसीको टाउको देखाई कुकुरको मासु बेच्ने थलो भन्दै हिडेको प्रचण्ड नेतृत्व पक्ती नै सँसदमा भाँसिएको आरोप छ नि ?

तपाईले ईंगित गर्न खोजेको कुरा केही हद सम्म ठीक हो तर पूरै त्यसो भाको छैन किनभने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय परिस्थितीलाई मध्यनजर राख्दै सँसदलाई उपयोग गरिएको हो सँसदमा भ्रष्टाचार गरेर चुनाव जित्ने जनता माथि हुकुमी शाषन चलाउने पूजीबादी पार्टीहरुमा माथिको आदेश तलको मान्नै पर्ने हुन्छ तर कम्युनिष्टपार्टीमा तलको निर्देशन माथिकाले मान्नु पर्छ ।

यतिबेला पूर्णबहुमत प्राप्त कम्युनिष्ट पार्टी सरकारमा छ त्यस भित्र पनि ब्यक्तिबाद हावी भएको देखिन्छ किनभने एउटा साँँसद र मन्त्रीका पछाडी जनता दौडिनु परेको छ पूर्बजहरुको भनाईमा प्रणाली ठिक भयो भने सत्ताँ चलाउनु कुनै ठूलो कुरो होईन एउटा भान्सेले शाषनसत्ता चलाउन सक्छ ।

यसको अग्रगामी निकास के हो त ?

संबिधानमा बिभिन्न प्वालहरु छन त्यसलाई टाल्दै उदाहरण स्वरुप पार्टी पंक्ति र सरकार पंक्ति मिलेर कृषिनीति बनाउन किसान सँग अभिमत माँगेर उहाँहरुले दिएको सुझावको आधारमा नीतिनियम बनाउदाअहिले जस्तो बिरोध हुदैन खुलस्त भन्ने हो भन्ने समाजबादी मुल्यमान्यता र सिद्धान्तको आधारमा राज्य संचालन प्रणाली लागू गरिनु पर्छ त्यसका लागि हामी प्रयासरत छौ ।

अहिले सुशासन भन्दा मौलाएको देशमा चर्को आवाज उठिरहेको छ नि ?

त्यो त रस्सी जले पछि त्यसको ऐठन देखिने जस्तै हो देश संघीय गणतन्त्रमा गए पनि त्यसका संरचनाहरु पुरानै रहेका छन मैले पहिले नै भनी सके कि एक दुई जनाले बनाएको नीति नियमलाई पूरै जनताले मान्नै पर्ने परिपाटीलाई अन्त गरि कुनै पनि नीति नियम बनाउनु भन्दा पहिला आमजनता सँग अभिमत लिएर जनताकै राय मुताबिक बनाउनुपर्छ नत्र भने धेरै दिन सम्म टिकदैन अहिले सम्म त्यस्तै भाको छ ।

अनि सुशासन कसरी कायम हुन्छ त ?

त्यसकै लागि आमूल परिवर्तनको कार्यदिशा अपनाई जनतालाई परनिर्भर होईन आत्मनिर्भर बनाई पार्टी र सरकार पंक्ति मिलेर जनताकै घरदैलोमा सम्पूर्ण सेवा पुरयाउने तत्पर्ता देखाउनुपर्छ ।

अन्तमा केही भन्नु छ कि ?

म के भन्न चाहन्छु भने ज्ञात अज्ञात बीर शहीदहरुले देखाएको समबृद्ध नेपालको सपना साकार पार्न आ आफनो ठाँउबाट सहयोग पुरयाउन प्रत्येक नेपाली नागरिकको कर्तब्य हो त्यसको महान यात्रामा हामी सबैले लागेर खबरदारी गर्दै समबृद्धिको बाटोमा अघि बढन जरुरी देखिएको छ ।