प्रेममा संसार नै रमाई रहेको छ – नायिका सम्झना

बुलेटिन संवाददाता
२७ भाद्र २०७५, बुधबार ०६:२३

आक्सीजनको प्रयोगले संसार भरिका बनस्पति, जीवजन्तु, र मानव बाँचे झै माया प्रिति मै संसार रमाई रहेको भन्ने ठान्दै निर्माणाधीन कथानक नेपाली चलचित्र प्रेमनाथमा नायिकाको अभिनय गरिरहेकी सुनसरी निवासी सम्झना भेटवाल सँग बुलेटिन कर्मी पत्रकार बिन्दु कमार चौहान बीच भएको कुराकानी !

नमस्कार

धन्यबाद ।

फिल्मी दुनियामा तपाईको कैरियर कस्तो छ ?

कैरियर बनाउन म प्रेमनाथले अवसर जुटाएको छ  यस भन्दा पहिला म मोडल गरिरहेकी थिए ।

 प्रेम भनेको के हो ?
प्रेम भनेको मलाई धेरै कुरा थाहा छैन तर आफूले बुझे जति प्रेम त्यस्तो चीज हो जसमा सबै रमाउनु पर्छ किन भने पृथ्बीमा आक्सीजनको महत्व जति छ उत्तिकै महत्व मायाप्रेमको छ किन भने प्रेममा संसार नै रमाएको छ ।

तर मायाप्रेमकै नाउमा कतिपय फिल्महरुमा बढी अंग प्रर्दशनले पश्चिमेली संस्कृति हावी भई सामाजिक बिकृति बढेको छ नि ?

छोटो कपडा लगाउदा सामाजिक बिकृति त बढेको पाईन्छ तर समय परिस्थितीको अवस्था हेरेर लिमिटमा छोटो कपडा लगाउदा केही फरक पर्दैन ।

तपाईको कसै सँग प्रेम परेको छ कि छैन ?

त्यो त निजी जीवनको बारेमा म त केही भन्दैन तर प्रेममा दुनिया रमाएको छ भने म आफूलाई अछुतो भन्न मिल्दैन त्यो बेला आए पछि मिडियालाई भनिहाल्छु नि ।

तपाईको बिचारमा कलाकार भनेको के हो ?

परिवर्तनको सम्बाहक, राष्ट्रको गहना ।

नेपालमा फिल्ममा मात्रै काम गरेर खान लाउन पुग्छ ?
अपवाद बाहेक सबै कलाकारहरुलाई फिल्ममा मात्रै काम गरि खान लाउन पुगेको म त देख्दैन ।
अन्तमा अरु केही भन्नु छ कि ?
म त अरु केही भन्नै जान्दैन तर मेरो पहिलो मूबी प्रेमनाथ हो दर्शक बृन्दलाई हेरिदिन अनुरोध गर्दछु   यति मात्र भन्न चाहन्छु ।