पत्रपत्रिकामा आज: प्राध्यापक बाटै प्रश्नपत्र आउट

बुलेटिन संवाददाता
२० भाद्र २०७५, बुधबार ०२:२५

२० भदौ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरूले प्राध्यापकले नै प्रश्नपत्र आउट गरेकोदेखि मन्त्रीकाे जिम्मेवारी हेरफेर हुनसक्ने भनेर नेकपाका अध्यक्ष प्रचण्डले सार्वजनिक गरेको भनाइलगायत विषयलाई प्रमुखताका साथ समाचार छापेका छन् ।

त्यसैगरी, राष्ट्रपतिलाई दबाब दिए ७ वर्ष कैद हुने भएको, रोजगारीका लागि खाडी मुलुक पुगेका ५० हजार नेपाली चेली स्वदेश फर्किन नपाएको, ३३ किलो सुनबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्किएकोलगायत समाचारले पनि आजका पत्रपत्रिकाहरुमा उत्तिकै स्थान पाएका छन् ।