आज प्रदेश १, २ र ५ मा बकर इदको अवसरमा सार्वजनिक बिदा

बुलेटिन संवाददाता
६ भाद्र २०७५, बुधबार ०३:०१

६ भदौ, बुटवल । मुस्लीम धर्मावलम्बीको महान् पर्व बकर इद आज मनाइदै छ । बकर इदका अवसरमा धर्मावलम्बीले खसी वा भेंडाको बलि दिने र उक्त बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ ।

बिहान मस्जिदमा जम्मा भई विशेष नमाज पढिन्छ । नमाज पढिसकेपछि घर घरमा गई बलि दिइने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ । बकर इद तीन दिनसम्म मनाइन्छ ।

बकर इदका अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै अाइरहेकाे भए पनि यस वर्षबाट कटौती भएको छ ।  यद्यपि, मुस्लिम धर्माबलम्वीहरुको पर्व बकर इदका अवसरमा प्रदेश १, २ र ५ ले भने प्रदेशस्तरीय निर्णय गरेर बिदा दिएका छन ।

प्रदेश ५ को सरकारले बुधबार सार्वजनिक बिदा दिने दिएको छ । प्रदेश सरकारले प्रदेश मातहतका सरकारी तथा गैर सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको उपसचिव मधु पौडेल ज्ञवालीद्वारा हस्ताक्षारित विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश अन्तर्गतका सार्वजनिक कार्यालयहरु बन्द हुने भए पनि संघीय सरकारअन्तर्गत रहेका कार्यालयहरु खुल्ने वा नखुल्ने अन्यौलता भने कायमै रहेको छ ।

बकर इद को उपलक्ष्यमा सार्वजनिक विदा दिन माग गर्दै मुस्लिम समुदायका संघसंस्थाले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए ।

यो पनि पढ्नुहोस्

पोखरामा आज बकर–इद उत्साहका साथ मनाइँदै/

प्रदेश ५ मा भोली सार्वजनिक बिदा