प्रदेश नं. १ मा आज सार्वजनिक बिदा

बुलेटिन संवाददाता
२४ श्रावण २०७५, बिहीबार ०२:०९

२४ श्रावण, बिराटनगर  । प्रदेश नं. १ को सरकारले बिश्व आदिवासी जनजाति दिवसका अवसरमा आज २४ गते सार्वजनिक बिदा दिएको छ । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले हिजो सूचना जारी गर्दै आज बिहीबार बिदाको घोषणा गरेको हो । मन्त्रालयले प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यलयमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णय अनुसार उल्लिखित बिदा दिने निर्णय भई सो को सूचना नेपाल राजपत्र खण्ड (१)  विराटनगर, नेपाल, चैत २९ गते २०७४ (पूर्व अतिरिक्ताङ्क १(अ)  मा प्रकाशन भएको समेत जानकारी दिएको छ ।

सूचनामा साउन २४ गते विश्व आदिवासी दिवस, भदौ १० गते जनै पूर्णिमा, भदौ १८ गते राधाकृष्ण रथयात्राका दिन मोरङ र सुनसरी मात्र  र कात्तिक २७ गते छठ पर्वमा सार्वजनिक बिदा दिने जानकारी गराइएको छ ।