प्रदेश नं ५ का उत्कृष्ट सामुदायिक विद्यालयलाई प्रोत्साहन पुरस्कार प्रदान, गरिवको छोरा छोरी पढ्ने विद्यालयको मानसिकता त्याग्न समाजीक मन्त्री बरालको आग्रह

बुलेटिन संवाददाता
३१ असार २०७५, आईतवार १३:५९

३१ असार, बुटवल । सामाजिक विकास मन्त्रालयले प्रदेश नं ५ का उत्कृष्ट सामुदायिक विद्यालयलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । जिल्ला शिक्षा समन्वय इकाईको सिफारिसको आधारमा मन्त्रालयको आन्तरिक मुल्याकन गरी उत्कृष्ट १२ विद्यालयलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको हो ।

रुपन्देहीको कालिका नमुना मावि, नवलपरासीको वाग्वाणी मावि, पाल्पाको दमकडा मावि, गुल्मीको महेन्द्र मावि, अर्घाखाचीको आदर्श मावि, दाङको पद्मोदय नमुना मावि, बांकेको ज्ञानोदय मावि, वर्दियाको नेपाल राष्ट्र्यि मावि, पूर्वि रुकुमको रुक्मीनि मावि , रोल्पाको वालकल्याण मावि, प्युठानको माण्डवी मावि, कपिलवस्तुको जनता मावि उत्कृष्ट घोषित भएका छन ।

आईतवार एक कार्यक्रम विच उत्कृष्ट विद्यालयका प्रधानाध्यापकलाई सामाजिक विकास मन्त्रि सुदर्शन बरालले प्रतिविद्यालय नगद ८० हजार रुपैया र प्रमाणपत्र प्रदान गरे ।

सो अवसरमा मन्त्रि बरालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि प्रोत्साह र कारवाहीको निति लिएको बताए । मन्त्रालयले विद्यालयको भौतिक पुर्वाधार र शैक्षिक गुणस्तरवृद्धिको लागि शिक्षक दरवन्दी, नगद अनुदान ,क्षमता अभिवृद्धि तालिमलाई बजेट विनियोजन गरेको बताउदै मन्त्रि बरालले गुणस्तरमा ध्यानदिन विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुलाई निर्देशन दिए ।


सामुदायिक विद्यालयमा गरिव र धनी सबैको छोरा छोरी अध्ययन गर्ने बताउदै गरिवको छोरा छोरी पढ्ने विद्यालयको मानसिकता त्यागी प्रतिस्पधी विद्यालयको रुपमा अगाडी ल्याउनु पर्ने उनको भनाई छ ।

मन्त्रालयका सचिव पुस्कर राज पन्थले सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिएको बताए । कार्यक्रममा पुरस्कृत विद्यालयका प्रधानाध्यापकहरुले शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगरीकन काम गर्ने प्रतिवद्धता जनाएका थिए ।
कालिका मानब ज्ञानबज्ञान नमुना माविका प्रध्यानाध्यापक घनश्याम पाठक , ज्ञानोदय माविका प्रध्यानाध्यापक ऋषिराम सापकोटा, पद्मोदय माविका प्रध्यानाध्यापक डा कृष्णराज विवि लगायतले पुरस्कारले आफूहरुलाई प्रोत्साहन थपेको बताए । मन्त्रालयका सचिव पुस्कर राज पन्थको अध्यक्षता शाखा अधिकृत बेगम केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।