बुटवलमा आए ‘तिमी हुन्छौ जहाँ जहाँ’ का टिम

बुलेटिन संवाददाता
३० जेष्ठ २०७५, बुधबार ११:४०

३० जेठ, बुटवल । असार ८ गते अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशी र अभिनेता मनिष सुन्दर श्रेष्ठ स्टारर फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ रिलिज हुँदैछ ।

‘तिमी हुन्छौ जहाँ जहाँ’ फिल्मको प्रचार-प्रसारमा दौडिरहेको टिम बुटवलमा आएको छ । मलिना जोशी र मनिष सुन्दर श्रेष्ठ यी दुई फिल्म ‘रानी’ पछि फेरि पर्दामा एकसाथ देखिन लागेका हुन् ।

गीतसंगीत र ट्रेलरले फिल्मप्रति दर्शकमा कौतुहलता बढ्दै गर्दा कलाकारदेखि निर्देशकसम्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ उत्कृष्ट फिल्म बनेको बताउँछन् ।

बुधवार बुटवलमा आयोजित पत्रकार भेटघाटमा युवापुस्ताका दर्शकलाई लक्षित गरेर फिल्म निर्माण गरिएको जानकारी गराइयो । अभिनेत्री मलिना जोशीले युवापुस्ता केन्द्रित लभस्टोरी फिल्म रहेको बताइन् ।