नेपालगन्ज बाट जुम्लाको लागि उडेको तारा एयरको जहाज जुम्लामा दुर्घटना

बुलेटिन संवाददाता
२६ जेष्ठ २०७५, शनिबार १०:१२

२६ जेठ, नेपालगन्ज । जुम्ला विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ ।

नेपालगन्ज देखि जुम्लाको लागि उडेको विमान जुम्ला विमानस्थलमा ल्यान्डिङका क्रममा टायर पन्चर भएर रनवेबाट चिप्लीएर दुर्घटनामा परेको हो ।

तारा एयरको ९ एन एभीई कल साईनको विमानको अगाडीको भाग भुईँमा बजारिँदै जालीमा गएर ठोक्किएको थियो ।

दुर्घटनाबाट जहाजको अगाडीको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जुम्ला विमानस्थलका अनुसार विमानमा रहेका चालक दलका सदस्यसहित १६ जना यात्री सकुशल रहेका छन् । दुर्घटनापछि अहिले जुम्ला विमानस्थल बन्द गरिएको छ ।