बुटवलमा सौगातको हैरान

बुलेटिन संवाददाता
२६ बैशाख २०७५, बुधबार १३:४१

चलचित्र ‘हैरान’ ले हैरान च्यालेन्ज अन्तर्गत ‘राष्ट्रिय प्रतिभाको खोजी’गर्दै बुटवल आई पुगेको छ। आफ्नो नाम गिनिज बुकमा लेखाइसकेका विश्वका सबैभन्दा कान्छा निर्देशक सौगात बिष्टले बुटवलमा आएर हैरान पारेका छन् । उनले सधै आउन भन्दा अझै भिन्न तरिकाले हैरान पार्दै हैरान च्यालेन्जअन्तर्गत ‘राष्ट्रिय प्रतिभाको खोजी’गर्दै आफ्नो फिल्म हैरान टिमसंगै बुटवल आई पुगेका हुन् । नृत्य, अभिनय र गायन विधामा प्रतिभा खोज्न हेतुले वैशाख २० गते झापाबाट अडिसन सुरु गरेको हैरान टिम बुटवल आएको हो पत्रकारसग बोल्दै फिल्मका निर्देशक सौगात विष्ट, कलाकार गजित विष्ट, सागर लम्साल, आरोही शर्मा ले चलचित्रले हसाउने मात्र नभएर सन्देश पनि दिने बाताए। यस्तै अडिसन २७ गते पोखरा तथा २८ र २९ गते काठमाण्डौंमा हुनेछ ।

 

तिनै विधाका विजेतालाई जनही १ लाख नगद र डान्स फिवर मार्फत निर्माण हुने फिल्म तथा म्युजिक भिडियोमा अवसर दिइने छ । साथै टप १५ मा पर्ने सम्पूर्णलाई जनही १० हजार नगद प्रदान गरिने समेत हैरान टिमले जनाएका छन् । छनौट चरणमा प्रतियोगिले एउटा हैरानकै र अर्को आफुले नै छनौट गरेको गितमा २–२ मिनेटमा आफ्नो प्रस्तुति दिनुपर्नेछ । पुरष्कार जित्न भने सहभागी ले हैरान खेप्नु पर्ने छैन। सबै शहरका अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताका निर्णायकको रुपमा फिल्म हैरानका कलाकार निश्मा घिमिरे, गायक स्वरुपराज आचार्य, कलाकार निर्मल शर्मा, गायक सत्यराज आचार्य र नृत्य निर्देशक गम्भिर विष्ट रहनेछन् । जेठ ४ मा रिलिज हुने फिल्म सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ ।