सुनचाँदीको भाउ घट्यो

२२ असार, काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

शुक्रबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार घटेर ६४ हजार ५०० मा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ६४ हजार २०० कारोबार भएको छ । यस्तै चाँदी आइतबार तोलामा रु ७२० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि चाँदी तोलामा ७३० मा कारोबार भएको थियो ।