यस्ता छन पलेटी कसेर खाना खानुका फाइदाहरू

संसारमा मानिसहरू कुर्सीमा बस्न मन पराउँछन्। अफिस, घर वा सभा सम्मेलनमा सबैतिर हामी कुर्सीमा बस्न मन पराउँछौँ । खाना खाने बेलामा पनि कुर्सीमा बसेर खाइन्छ ।

नेपालको ग्रामीण बस्तीमा अझै पनि भुईँमा बसेर खाना खाने प्रचलन कायम छ। भुईँमा बसेर खाँदा स्वास्थ्यका लागी लाभदायक हुन्छ । आज हामीले भुईँमा बसेर खाना खानुका फाइदाहरूको बारेमा जानकारी प्रस्तुत गर्दैछौं ।

तौल नियन्त्रण

जमिनमा बसेर उठ्दै गर्नु राम्रो व्यायाम मानिन्छ। खाना खाएर तपाईँ जमिनमा बस्नु पर्छ र फेरि उठ्नु पर्छ, जसले गर्दा बिस्तारै खाना खान र पचाउन मद्दत पुग्छ। यसरी हाम्रो शरीरमा राम्रोसँग पाचन प्रणाली सक्रिय हुँदा तौल बढ्ने समस्या निराकरण हुन्छ ।

जमिनमा बसेर खानु योग अभ्यासका हिसाबले पनि राम्रो मानिन्छ । पध्मासानको अभ्यास पनि हो । जसले हाम्रो तौल कम गर्न मद्दत पुर्‍याउँछ ।

रक्तचाप नियन्त्रण

जमिनमा बस्दा स्पाइनल कर्डको तल्लो भागमा भार पर्ने भएकाले शरीरलाई आराम मिल्छ। यसले हाम्रो श्वास प्रक्रियालाई ढिलो गराउँछ जसका कारण मांसपेशीमा कम दबाब भएर रक्तचाप कम हुन्छ ।

पाचन प्रक्रियामा सुधार

जमिनमा बसेर प्लेटमा भएको खानेकुरा तिर झुकाव राखेर खानु प्राकृतिक तरिका हो, सबै जनावरहरूले तल तिर फर्केर भोजन सेवन गर्छन् । यसरी खाँदा पेटको मांसपेशी तल माथि हुँदा हाम्रो पाचन पथमा सुधार हुन्छ ।

स्वस्थ मुटु

रक्तसञ्चारले पाचन प्रक्रियामा महत्त्वपूर्ण योगदान गर्छ । हाम्रो शरीरमा मुटु स्वास्थ्य राख्न रक्त सञ्चार निरन्तर हुनुपर्छ , खाना पचाउन निरन्तर रक्तसञ्चार गर्नुपर्ने भएकाले मुटु स्वस्थ रहन्छ । बसेर खादा पाचन पथमा हुने सुधारका कारण सजिलै खाना पच्ने गर्छ ।

जोर्नीको व्यायाम

जमिनमा बसिरहेको बेला हाम्रो शरीरमा पाचन प्रणालीले राम्रो काम गरिरहेको हुन्छ । साथ साथै खाना खाँदा शरीरमा जोर्नीहरूको व्यायाम पनि भइरहेको हुन्छ । जसले जोर्नीसँग सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

हामी पद्मासासनमा बस्दा पेट, तल्लो भाग र हिप मांसपेशीहरू लगातार फैलन्छन् । यसले हाम्रो शरीरमा भएको दुख र असुविधा देखि छुटकारा दिन्छ ।

यसरी बसेर खाँदा मोटोपन, अपच, कब्जियत, एसिडिटी तथा अन्य केही पेट सम्बन्धी बिमारीलाई पनि केही राहत हुन्छ ।