म्यानेजरद्वारा महिला कर्मचारी माथि र्दुब्यवहार

२५ असार, लुम्बिनी । एक लघुबित्त संस्थाका मैनेजरले आफनै संस्थामा कार्यरत महिला कर्मचारी माथि र्दुब्यवहार गरेका छन ।

पीडितले दिएको जानकारी अनुसार नवलपरासीको प्रतापपुर निवासी बिरेन्द्र सिंह थापाले आफू माथि आफिस कोठा भित्रै पटक पटक संबेदनशील अंगमा ईच्छा बिपरीत यौन र्दुब्यवहार गरेका हुन ।

सो सम्बन्धमा ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वरचन्द्र कार्की सँग यथार्थ कुराको जानकारी लिन खोज्दा पीडितको जोहरी अनुसार थापालाई प्रहरी नियन्यत्तणमा लिई प्रारम्भिक अनुसंधान भईरहेको बताए ।

उनले पीडित महिला सीधै प्रहरीमा उजुरी नदिई आफन्तलाई भनि दिदा आफन्तले आफिस अगाडी थापा माथि हातपात गरेको हुदा दुबै पक्षलाई भोली छलफलका लागि बोलाईएको जानकारी गराए ।

यद्यपि पीडित महिलाले आफू माथि र्दुब्यवहार गर्ने थापा माथि कार्यवाही प्रक्रिया अघि बढाई दिन ुसरोकारवाला सँग सहयोगको अपेक्षा समेत गरेकी छन ।