बचत तथा ऋण लगानिमा मात्र सीमित नहुन सहकारीहरुलाई सुझाव

२१ असार, तिलोत्तमा । सहकारीहरु बचत तथा ऋण लगानिमा मात्र सिमित नभइ ठुला लगानि गर्नतर्फ केन्द्रित हुनुपर्ने सहकारीका अभियान्ताहरुले बताएका छन । सहकारी ऐनले सहकारीहरुलाई ठुलो लगानि गर्न बाटो खोलिदिएको प्रति खुसि व्यक्त गर्दै उनीहरुले अब सहकारीकहरु पुँजी एकिकृत गरि उद्योग व्यावसाय संचालन तर्फ केन्द्रित हुनुपर्ने बताए ।

९७ औँ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा रामवन वचत तथा ऋण सहकारी संस्थाले आज मणिग्राममा आयोजना गरेको नगरको बिकासमा स्थानिय सहकारीको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले सो कुरा बताएका हुन ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले सहकारीलाई ठुलो क्षेत्रमा लगानी गर्न सहकारी ऐनले बाटो खोलेको बताउदै नगरपालिका सहकारीसंग समन्वय गर्न तयार रहेको बताए । सहकारीको पुँजी एकिकृत गरि ठुलो क्षेत्रमा लगानी गर्न सके नगरपालिकाको बिकासले फड्को मार्ने उनको भनाई छ । सहकारीका गतिविधिलाइ सहयोग गर्ने खालका नगरपालिकाका बिभिन्न कार्यक्रमहरु भए पनि त्यसप्रति सहकारीका अभियान्ताहरुले नै चासो दिन नसकेको भन्दै उनले सरकारले केही गरेन भन्दै अमुर्त रुपमा आरोप लगाउदै हिड्नु गलत भएको टिप्पणि गरे ।


नगर सरकारले उत्पादन अनुदान, कृषि बिमामा सहुलियत, पशु तथा वाली संरक्षण, सहकारीका सदस्यहरुको सञ्जालमार्फत लिएको ऋणमा ब्याज अनुदान, उन्नत जातका घासको बिउ वितरण लगायतका बिशेष कार्यक्रम अगाडी सारे पनि त्यसको पहुचमा पुग्न सहकारी र त्यसका सदस्यहरु अझै सक्रिय नभएको भन्दै दुख ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण सहकारी संघका प्रदेश ५ संयोजक कृष्ण नेपालले सहकारीहरु आर्थिक रुपमा सवल भए नगरपालिका स्वत सवल हुने धारण राखे । सहकारीमा दोहोरो सदस्यता हटाएर सहकारीहरुलाई एकिकरण गर्दै ठुलो संस्था ठुलो कारोवार हुने परिपाटि मिलाउन नगरपालिकाले नियमनकारी भुमिका खेल्नुपर्ने वताए ।
यसैगरि वचत तथा ऋण सहकारी संघ रुपन्देहीका सल्लाहकार खगराज शर्माले सहकारीले आकश्मिक कामकालगि सहयोगि हुनुपर्ने वताए । सहकारी ऐनले सहकारीहरुलाई ठुलो लगानि गर्न बाटो खोलिदिएपछि अव सहकारीहरुको लगानिको क्षेत्र फराकिलो भएको उनको भनाई छ ।

कार्यक्रममा प्राध्यापक डा. बाबुराम ज्ञवाली, वचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराई, दुध्द उतपादक सहकारि संघ रुपन्देहीका अध्यक्ष हरि प्रसाद काफ्ले, राष्ट्रिय सहकारी बैँक लिमिटिडका संचालक माधवलाल देवकोटा लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षता, तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेको प्रमुख आतिथ्यता र सचिव खेमराज पाण्डेको संचालनमा सम्पन्न कार्यक्रममा रामवन सहकारी संस्थाले प्रकासन गरेको मुखपत्रको विमोचन समेत गरिएको थियो ।