प्रथम तिलोत्तमा मेयर कप : पाल्पा–११ सेमीफाईनलमा प्रवेश

२० असार, बुटवल । पाल्पा–११ तिलोत्तमा जारी प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिता २०७६ को सेमीफाईनलमा स्थान बनाएको छ ।

तिलोत्तमा नगरपालिकाको संरक्षकत्व तथा तिलोत्तमा फुटबल एकेडेमीको आयोजनामा शनिबार भएको पहिलो क्वाटरफाईनल खेलमा सिम्रिक युथ क्लब बुटवललाई ३–१ गोल अन्तरले पराजित गर्दै पाल्पा –११ सेमीफाईनलमा प्रवेश गरेको हो ।

तिलोत्तमा –१ स्थित चप्परहटी खेलमैदानमा भएको रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । सिम्रीकका सुदिप शाहीले ४६ औ मिनेटमा गोल गर्दै खेलमा टिमलाई अग्रता दिलाएका थिए तर त्यो अग्रता धेरै बेर टिक्न सकेन । पाल्पाका सुस्मित केसीले खेलको ६० औ मिनेटमा बराबरी गोल गरे । केसीले खेलको ७० औ मिनेटमा विपक्षी टिमको रक्षापंक्तिको कमजोरीको फाईदा उठाउदै अर्को गोल थपे ।

खेलको ७३ औ मिनेटमा पाल्पाका सन्देश तिमिल्सीनाले अर्को गोल थपे । पाल्पाका गौरव शाक्य खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । आईतबार स्मृति स्र्पोट्स क्लब र फर्साटिकर युवा क्लब फर्साटिकरका बिचमा दोस्रो क्वाटरफाईनल खेल हुने छ ।