प्रथम तिलोत्तमा मेयर कप : डिएमसीको शानदार जित

२५ असार, बुटवल । डिएमसी तुल्सीपुर तिलोत्तमा जारी प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिता २०७६ मा शानदार जितसंगै फाईनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमीफाईनल खेलमा पाल्पा–११ लाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो ।
तिलोत्तमा नगरपालिकाको संरक्षकत्व तथा तिलोत्तमा फुटबल एकेडेमीको आयोजनामा खेलमा एकपक्षिय खेलमा डिएमसीले लगातार पाल्पामाथि गोलको वर्षा गरेको थियो ।

तिलोत्तमा –१ स्थित चप्परहटी खेलमैदानमा भएको खेलको १३ मिनेटमा आमिर श्रेष्ठले गोल गर्दै खाता खोलेका थिए । विदेशी खेलाडीसहित मैदानमा उत्रेको डिएमसीका दुई खेलाडीले आर्कषण गोल गरे । खेलको २० औ मिनेटमा बिग बिग र ३८ औ मिनेटमा यानिक वनालाले गोल गरेका थिए ।

खेलको ३६ औ मिनेटमा लक्ष्मण रुचालले गोल थपे । खेलमा लक्ष्मण रुचाल म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । विहिबार दोस्रो सेमीफाईनल खेलमा स्मृति स्पोट्स क्लब रुपन्देही र सौभाग्य युवा क्लब बुटवलका बिचमा खेल हुने छ ।