३० किलो तौल घटाएर हट बनिन् यी बलिउड अभिनेत्री (फोटोसहित)

२० जेठ, मुम्बई । बलिउडमा नाम चलेको नायिकाको रुपमा आउँछिन् अभिनेत्री सोनाक्षी सिन्हा ।उनले आफुलाई बलिउडमा प्रवेश गराउन निकै मेहेनत गरेकी थिइन् ।

शुरुमा यी अभिनेत्री ९० किलोकी थिइन् । पछि उनले पहिलो फिल्मका लागि झण्डै ३० किलो तौल घटाएकी थिइन् । जस्को कारण पहिलो फिल्म देखेर कैयन् फिल्म दर्शक उनका फ्यान भएका थिए ।

सोनाक्षी सिन्हाले आफूलाई स्लिम राख्न कडा मेहनत गरेकी थिइन् । कस्टुम डिजाइनरबाट आफ्नो करिअर थालिएकी सोनाक्षीले फिल्मबाट अफर आएपछि उनले सन् २०१० मा सलमान खानका साथ पहिलोपटक फिल्म ‘दबंग’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी थिइन । सोनाक्षीले ‘दबंग’ बाट बेस्ट फिमेल डेब्यु विधामा फिल्मफेअर अवार्ड पनि जितिन् ।

उनले अहिलेसम्म १७ भन्दा पनि बढी फिल्ममा काम गरिसकेकी छिन् ।