स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक केन्द्रीय अध्यक्ष वास्तोला सम्मानित

२७ जेठ, बुटवल । स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक केन्द्रीय अध्यक्ष  तथा आदर्श समाज दैनिकका प्रधान सम्पादक  कृष्णप्रसाद वास्तोला सम्मानित भएका छन् ।

सेभ द नेशन मिडिया काठमाण्डौले विश्व वातावरण दिवसको अवसरमा स्वतन्त्र पत्रकारिताको माध्यमवाट सामाजिक विकासमा योगदान पु¥याए वापत शनिवार उनलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा ले सम्मान पत्र प्रदान गरेका थिए ।

मिडियाका अध्यक्ष केवी सम्राटको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सञ्चार तथा सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न जिल्लाका गरी १९ जनालाई सम्मान गरिएको थियो ।