सरकारको गलत नीतिका कारण देशमा वेरोजगार युवाहरुको संख्या बढ्यो: सुवेदी

क्रान्तिकारी युवा लिगको प्रथम सम्मेलन बुटवलमा सुरु

२४ जेठ, बुटवल । नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य प्रेम सेवुदीले जनवादी क्रान्ति पुरा गर्नका लागि क्रान्तिकारी युवाहरु एकतावद्व हुन आवश्यक रहेको बताए । समाज परिवतएनका लागि युवाहरुको काधमा ठूलो भूमिका हुने भएकाले युवाहरुलाई सही राजनीतिक रुपमा प्रशिक्षत गर्नुपर्ने उनको तर्क छ ।

वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा लिग, नेपालको पांच नम्बरको प्रथम सम्मेलनको आज बुटवलमा उद्धघाटन गर्दै सुवेदीले सरकारको गलत नीतिका कारण देशमा वेरोजगार युवाहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको बताए ।

सरकारले कम्युनिष्टको नाममा कम्युनिष्टको बदनाम गरेको उल्लेख गर्दै सरकारले भ्रष्टाचार, कालोवजारी, महङीलाई रोक्न नसकेको र हत्या हिंसामा संलग्न दोषीलाई कारवाहीको दायरमा ल्यान नसकेको बताउंदै उनले भने –” समाजमा अराजकता बढेको छ ।”

देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रिय उपाध्यक्ष केशरबहादुर गुरुङले देशमा राजनीतिक क्रान्ति पुरा नभएकाले कम्युनिष्टको राज्यसत्ता स्थापनाका लागि युवाहरुलाई परिचालन गर्नुपर्ने बताए ।

कम्युनिष्को नाममा बनेको ओली नेतृत्वको सरकार कम्युनिष्ट बिरोधी भएकाले यो सरकारबाट देशले निकास पाउन नसक्ने उनको दावी छ ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य भुपेन्द्र न्यौपाने, अखिल नेपाल किसान महासंघका महासचिव धनेश्वगर पोखरेल, अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय कोषाध्यक्ष तेजकुमारी थापा, चन्द्रप्रकाश पोखरेललगायतले बोल्दै जनवादी क्रान्तिको तयारीका लागि संघर्षका कार्यक्रमलाई जारी राख्नुको विकल्प नभएकोमा जोड दिए ।

सम्मेलन उद्घाटन अघि बुटवलमा ¥याली निकालिएको थियो । विभिन्न प्लेकार्ड सहितको नारा लेखिएका व्यानरसहितको ¥यालीमा सरकारका बिरुद्व कडाकडा खालका नाराहरु लगाइएको थियो ।

शुक्रवारदेखि शुरु भएको उक्त सम्मेलनले नयां नेतृत्व चयन गर्दै भोली शनिबार सकिने छ ।  सम्मेलनमा प्रदेशका अधिकांस जिल्लाबाट युवाहरुको प्रतिनिधित्व रहेको छ ।
क्रान्तिकारी युवा लिग नेपाल प्रदेश नम्बर पांचका संयोजक दिल कठायतको अध्यक्षता र प्रगती राना मगरको सञ्चालनमा कार्यक्रम भएको थियो ।