लिटल प्रिन्स एण्ड प्रिन्सेस तिलोत्तमाको उपाधि याङ र बिप्सवीलाई

१९ जेठ, बुटवल । लिटील प्रिन्स एण्ड प्रिन्सेस तिलोत्तमा २०७६ को उपाधि याङ थापा र बिप्सवी क्षेत्रीले हात पारेका छन । एड्भेन्ट नेपाल प्रा.लि.को आयोजनामा तिलोत्तमामा शनिबार भएको फिनालेमा याङ र विप्सवी विजेता घोषित भए ।

उपाधिसंगै उनिहरुले जनही नगद १०–१० हजारसहित ट्रफि, प्रमाण पत्र पाएका छन । प्रतियोगितामा आर्यन आचार्य र सन्ध्या ज्ञवाली फष्ट रनर अप तथा बिप्लब क्षेत्री र क्यारोन गुरुङ सेकेन्ड रनरअप भएका थिए । यसैगरि अर्गनाईजर च्वाईस एन्जल दर्नाल र भ्युवर्स च्वाईस कृतिका बराल घोषित हुदै पुरस्कृत भएका थिए ।

निर्णायकहरु रचना क्षेत्री, यम पुन, आनिक राना मगर, मेनुका खनालले विभिन्न चरणमा बालबालिकाहरुको ट्यालेन्टको मुल्याकनको आधारमा उत्कृष्ट घोषित गरेका थिए ।

बालबालिकाहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने लक्ष्यसहित प्रतियोगिता गरिएको एड्भेन्ट नेपालका म्यानेजिङ डाईरेक्टर धिरेन तुलाधरले बताए ।

एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी देबि चौधरी, एड्भेन्ट नेपालका म्यानेजिङ डाईरेक्टर धिरेन तुलाधर, निर्णायकहरु रचना क्षेत्री, यम पुन, आनिक राना मगर, मेनुका खनालले विजेता, उपविजेता बालबालिकाहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितालाई काजल न्यौपाने कोरियोगाफ्ररी तथा रक्षक गुरुङले कोअर्डिनेटरको भुमिका निर्वाह गरेका थिए ।