रुपन्देहीको फर्साटिकरमा प्रदेश ५ स्तरिय ब्युटी पेजेन्ट हुने

२८ जेठ, बुटवल । रुपन्देहीमा मिस्टर एण्ड मिस जेनेरेसन प्रदेश ५ स्तरिय ब्युटी पेजेन्ट हुने भएको छ । जेनेरेसन मल्टिमिडिया एण्ड इन्टरटेन्मेन्टले रुपन्देहीको सौ फर्साटिकरमा सो प्रतियोगिता गर्न लागेको हो ।

जेठ ३२ गते फर्साटिकरको रिद्धिसिद्धि पार्टि प्यालेसमा हुने अडिसनमा युवायुवतीहरुको सौन्दर्य, संस्कृति र प्रतिभाको आधारमा मुल्यांकन गरि छनोट गरिने आयोजक संस्थाका प्रमुख रवि रानाले जानकारि दिए ।

प्रतियोगितामा विजेता, फस्ट रनर अप र सेकेण्ड रनरअपलाई नगद पुरस्कारका साथै स्थानिय रेडियो र टेलिभिजनमा काम गर्ने अवसर पनि प्रदान गरिने रानाले जानकारी दिए ।

यो संगै अडिसनमा छनोट भएकाहरुलाई बिभिन्न तालिमको समेत व्यावस्था गरिएको उनले जानकारी दिए ।

रानाले आत्मबिश्वास तथा व्याक्तित्व विकास, रेडियो तथा टेलिभिजन कार्यक्रम प्रस्तोता, उत्प्रेरणा, नेतृत्व विकास लगायतका अन्य थुप्रै बिषयमा २० दिन सम्म तालिम प्रदान गरिने बताए ।