यौनअपराध बिरुद्ध किशोरीहरुलाई आत्मरक्षा तालिम

२७ जेठ, लुम्बिनी । किशोरी शबनम नाँउको हत्या प्रकरणले प्रभावित भई यौनअपराध घटाउन बिभिन्न सामाजिक संघसंस्थाहरुको आयोजनामा किशोरीहरुलाई लुम्बिनीमा आत्मरक्षा तालिम प्रदान गरिएको छ ।

सिद्धार्थ सामुदायिक बिकास केन्द्र र नमूनाएकीकृत बिकास परिषदको आयोजना तथा लुम्बिनी किशारीमन्चको सहकार्यमा दर्जनौ किशोरीहरुलाई किशोरी आत्मरक्षा आत्महत्या न्यूउनीकरण, बालबिबाह रोकथाम, यौनजन्यहिन्सा बिरुद्ध अभिमुखीरण जनचेतनामूलक सडक नाटक समेत प्रदान गरिएको हो ।


तालिममा प्रशिक्षक सुमित्रा गुप्ता, अकालमतीपाल, चन्द्रमापौडेल, धनकुमारी चौधरीले सहभागीहरुलाई आत्मरक्षा ब्यवहारिक तथा सैद्धान्तिक पक्ष बारे जानकारी गराएका थिए ।


सो अवसरमा प्रदेशसदस्य पुष्पाचौधरी, सिद्धार्थ सामुदायिक बिकास केन्द्र अध्यक्ष समिता मल्ल, नमूना एकीकृत बिकास परिषद अध्यक्ष ज्ञानुपौडेल, ग्रीनयुथ आफ लुम्बिनीका अध्यक्ष अर्जुनकुर्मी लगायतले मक्तब्य ब्यक्त गरेका थिए ।