पत्रकार महिलाका लागि दुई दिने लैंगिक समता र सुरक्षा तालिम सम्पन्न

छायाँ पन्थ

२२ जेठ, बुटवल । नेपाली कांग्रेस प्रदेश ५ का सांसद रमा अर्यालले पत्रकारिता क्षेत्र अत्यन्तै चुनौति र सम्बेदनशीलताको क्षेत्र भएको र त्यसमा पनि महिलाका लागि अति जटिल हुने बताएकि छिन ।

पत्रकार महिलाका लागि दुई दिने लैंगिक समता र सुरक्षा तालिम समापन कार्यक्रममा बोल्दै उनले पत्रकारले आफ्नो लागि भन्दा पनि समाजकै हितमा बढी काम गर्ने भएका कारण आफ्नो सधै सम्मान रहेको धारणा व्यक्त गरे ।

समापन कार्यक्रमका प्रमुख अतिथि सांसद अर्यालले संसदमा महिलाका पक्षमा आवाज उठाइरहेको तर एकैपटक सबै सुनुवाई हुन सक्ने अवस्था नभएको समेत बताएकी छिन ।

प्रेस युनियन रुपन्देहीको आयोजना र अन्तराष्ट्रिय पत्रकार महासंघको सहयोगमा बुधबार सो कार्यक्रम सम्पन्न भएको हो ।
हरेक क्षेत्रमा महिलाहरु असुरक्षित भैरहेको अवस्थामा जागरुकता प्रदान गर्न र महिलाहरुको आत्मविश्वास बढाउनको लागि सो तालिम सञ्चालन गरिएको हो । विशेष गरि सञ्चार माध्यममा आवद्य पत्रकार महिलाको लागि कार्यस्थलमा आइपर्ने विभिन्न किसिमका अप्यारा र यौनजन्य दुव्र्यवहारबाट आफूलाई कसरी बचाउने सो विषयमा सहभागीहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।

साथै दुई दिने सो प्रशिक्षणमा समाजमा लुकेर रहेका महिलासँग सम्बन्धित घटनालाई कसरी बाहिर ल्याउने र सो क्रममा आइपर्ने विभिन्न जटिल परिस्थितिको कसरी सामना गर्ने भन्ने बारेमा पनि प्रशिक्षण दिइएको छ ।


रुपन्देहीका विभिन्न सञ्चारमाध्यममा आवद्य रहेका १६ जना महिला सञ्चारकर्मीको सहभागितामा सो कार्यक्रम गरिएको हो ।
प्रेस युनियन प्रदेश नम्बर ५ का सचिव हरिश ढकालको अध्यक्ष्यतामा भएको सो कार्यक्रममा अतिथिहरु प्रेस युनियन जिल्ला सभापति रेखा भुषाल , प्रेस युनियन निवर्तमान सभापति विक्रम खड्का , सञ्चारिका समूह रुपन्देहीका उपाध्यक्ष मिना ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सञ्चारिका प्रदेश ५ का अध्यक्ष पार्वती पाण्डेय र प्रेस युनियन केन्द्रिय सदस्य सीता डोटेलले सहजीकरण गरेका थिए ।