भारतको उत्तरी भुभागमा २० वर्ष यताकै शक्तिशाली आँधी

२९ जेठ, काठमाडौं । भारतको उत्तरी भुभागमा २० वर्ष यताकै शक्तिशाली आँधी आउने भएको छ । उत्तरपश्चिम भारततिर आइरहेको उक्त चक्रवात वायुले ६० लाख मानिसलाई प्रभावित पार्ने अनुमान गरीएको छ ।

भारतको गृह मन्त्रालयले बुधवार लगभग ३ लाख मानिसलाई सुरक्षित स्थानमा सारेको छ । आँधी प्रभावित जिल्लाहरुमा स्कूल र कलेजहरू बन्द गरीएको छ ।

अरबियन सागरबाट १३० किमि प्रति घण्टाको गतिमा आइरहेको वायुले २४ घण्टा भित्र भारतको उत्तरी भुभागको गुजरात प्रदेशमा बढी प्रभाव पार्ने छ ।

सम्भावित क्षति न्यूनिकरणको लागि भारतीय वायुसेनाले बिमानहरु तयारी अवस्थामा राखेको छ । सरकारले नागरिकहरुलाई घरबाहीर ननिस्कन आग्रह गरेको छ ।

भारतको उष्णतटबन्धिय क्षेत्रमा शक्तिशाली चक्रवात वायुका कारण सन् १९९८ मा १० हजार भन्दा बढीको ज्यान गएको थियो ।

यसैबीच, चक्रवात वायुको असर नेपालमा पनि देखिने भएको छ । देशको उत्तरी भूभागमा आँधीसहित भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।