ब्यावसायीलाई एक लाख एक हजार राहत रकम वितरण

१९ जेठ, बुटवल । रुपन्देहीमा आगलागी भएर क्षति पुगेको दुई पसलका ब्यवसायीहरुलाई राहत रकम वितरण गरिएको छ ।

एक कार्यक्रमका बिच शनिबार रुपन्देही व्यापार संघले संगमपथमा रहेको सगरमाथा ब्याग हाउस र गुल्मी रेसुङा ट्रेडसका संचालकहरुलाई जनही नगद १ लाख एक हजार राहत वितरण गरेको हो ।

रकम हस्तान्तरण गर्दै प्रदेश नं ५ का प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले आगलागी दुखद घटना भएको बताए । ब्यवसायीहरुलाई एकतावद्ध गरि सीप, क्षमता विकाससंगै समस्याका समयमा गरिने सहयोग गर्ने लक्ष्यसहित स्थापना भएका संघबाट राम्रो कामको शुरुवात भएको उनले बताए ।

पिडित गुल्मी रेसुङा ट्रेडसका संचालक राजु श्रेष्ठले निक्कै दुखद घटना पछि संघबाट गरिएको सहयोगलाई सकारात्मक लिएको बताए । व्यापार संघका अध्यक्ष पदम श्रेष्ठले ब्यावसायिहरुलाई संगठित गरेर अधिकार र हकहितमा अग्रसर रहेको बताए । थोरै सहयोग रकमसंगै दुख साट्ने काम भएको भन्दै उनले दिर्घकालिन सोचसहित योजना बनाएर अघि बढेको बताए ।

कार्यक्रममा संघका महासचिव प्रकाश ढकालले ब्यवसायीहरुलाई आईपर्ने समस्या सामाधानका लागि आफुहरु स्थानिय र प्रदेश सरकारलाई ध्यान आर्कषण गराईरहेको बताए । सगरमाथा ब्याग हाउस र गुल्मी रेसुङा ट्रेडसमा जेठ १ गते राति आगलागी भएर करीब डेढ करोड क्षति भएको थियो ।