बुटवलमा संचालित रणनीतिक व्यवसाय विकास तालिम सम्पन्न

२४ जेष्ठ, बुटवल । रुपन्देही व्यापार संघ तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको आयोजनामा सञ्चालित ५ दिने रणनीतिक व्यवसाय विकास तालिम आज शुक्रवार समापन भएको छ ।

तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञावलीले व्यवसाय प्रद्धर्धनका लागि व्यवसायीक रणनीति जरुरी रहेको हुदा यस प्रकारका तालिमहरुले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले व्यवसायमा रहेका हरेक चुनौतिहरुको सामना व्यवसायीक मर्यादामा गर्न सकिएमा सफलता प्राप्त हुने धारणा राखे ।

संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठले संघले आफ्ना सदस्य व्यवसायीहरुको क्षमता अभिबृद्धिका लागि आवश्यक्ता अनुसार तालिम गोष्ठी, प्रशिक्षणहरु आयोजना गर्दै आएको स्मरण गराउदै तालिममा सिकेको सिपलाई व्यवहारमा उर्तान आग्रह गरे ।

कार्यक्रममा संघका निर्वतमान अध्यक्ष मोतीलाल पाण्डेले वर्तमान परिस्थितीमा व्यवसाय सञ्चालनमा व्यवहारिक ज्ञान र सिपको विकास गर्नेतर्फ ध्यान दिन नसकेमा प्रतिष्पर्धि बन्न नसक्ने बताए ।

संघका पूर्व अध्यक्ष श्रीकृष्ण पोखरेलले लक्ष्य विहिन व्यवसाय सफल हुन नसक्ने हुदा व्यवसायको लक्ष्य निर्धारण गरेर अगाडि बढ्न सबैलाई आव्हान गरे । संघका अर्का पूर्व अध्यक्ष शंकर भट्टराईले व्यवसायमा चुनौती हुनु ठूलो कुरा होइन तर चुनौतिको सामना गर्ने योजना बनाउन नसकेमा असफलता हात लाग्ने हुदा त्यसमा ध्यान दिन सुझाव दिए ।

संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठको अध्यक्षता, महासचिव प्रकाश ढकालको सञ्चालनमा भएको कार्यक्रममा व्यवसाय विकास प्रतिष्ठानका प्रमुख मुकुन्द ज्ञावली, संघका वरिष्ठ उपाध्यक्ष यमलाल लोहनी, प्रशिक्षार्थी गिता भण्डारी, भरत केसी लगायत बोलेका थिए ।

समापनका अवसरमा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञावली, संघका अध्यक्ष पदम श्रेष्ठ लगायतले प्रमाणपत्र प्रदान गरेका थिए । तालिममा विभिन्न व्यवसायीक प्रतिष्ठानका २२ जनाको सहभागिता रहेको थियो ।