बानेश्वरको गौरीगाउँबाट पेस्तोल सहित एक जना पक्राउ

२७ जेठ, काठमाडौं । काठमाडौंको बानेश्वरस्थित गैरीगाउँबाट अवैध हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोलुखुम्बुका साङ्गेल शेर्पालाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी उत्तमराज सुवेदीले घटनाबारे पुष्टि गरे पनि थप विवरण खुलाएनन् । ‘अनुसन्धान गरिरहेका छौं’, उनले संचारकर्मीसंग भने । ।

काठमाडौं प्रहरीको नयाँ प्रमुखको रूपमा जिम्मेवारी पाएपछि एसएसपी सुवेदीले टोले गुण्डाको हिसाबकिताब गर्ने बताएका थिए । उनले अवैध नियन्त्रण पनि प्राथमिकतामा रहेको जनाएका थिए ।