फिदिम बजारमा भिषण आगलागी

जितेन्द्र भण्डारी
२३ जेठ, पाँचथर । पाँचथरको सदरमुकाम फिदिम बजारमा आज दिउँसो भिषण आगलागी भएको छ ।

आगलागीबाट स्थानिय सँगिता राना मगर र कर्ण कुमार थापाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

ती घरमा रहेको होटलहरु पाथिभरा मिष्ठान भण्डार,पाँचथर गेष्ट हाउस पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागीबाट कति क्षति भयो भन्ने जानकारी प्राप्त नभएको प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।

स्थानिय,नेपाल प्रहरी,सशस्त्र प्रहरी,वारुणयन्त्रको सहयोगमा २ घण्टा पछि आगो नियन्त्रणमा लिइएको थियो । आगो कसरी लाग्यो भने अहिलेसम्म खुलेको छैन् ।