नाटक घर बनाउन बुटवलमा लक्ष्मीपूजा मञ्चन

१८ जेठ, बुटवल । नाटक घर बनाउनको लागि सहयोगार्थ बुटवलमा गोविन्द बहादुर मल्ल गोठालेको नाटकलक्ष्मपुजा मञ्चन गरिएको छ ।

एक साता सम्म बुटवलको बागेश्वरी संगीतालयमा मञ्चन हुने नाटकबाट संकलन गरिएको रकम नाटकघर निर्माणमा खर्च गरिने जनाइएको छ । प्रतिक दुलाल र प्रणव आकाश द्वारा निर्देशित नाटक “लक्ष्मी पुजा“ अबको जेठ १९ देखि २५ गते सम्म बुटवलमा मञ्चन हुदैछ ।


कक्षा १० को पाठ्यक्रममा समेत समोवेश गरिएको नाटक हेर्नेको लागि विद्यार्थी, सरोकारवाला, नाटक प्रेमीहरुलाई अनुरोध गरिएको निर्देशक प्तिक दुललले जानकारी दिए । उनका अनुसार नाटक प्रत्येक दिन विहान १०ः३०बजे, दिउँसो २ बजे र साँझ ५ः ४५ बजेट मञ्चन हुने छ ।

पकेट थ्रियटरको प्रस्तुतमा पहिलो पटक ब्ल्याक बक्स थ्रियटरमा बुटवलमा नाटक प्रर्दशन गर्न लागिएको हो ।