नमस्ते नेपालका सबै सदस्यले अब आफ्नो जन्मदिनमा वृक्षरोपण गर्ने

२७ जेठ, बुटवल । रुपन्देहीमा क्रियासिल सामाजिक संस्था नमस्ते नेपालमा आबद्ध सदस्यहरुले आफ्नो जन्मदिनमा वृक्षरोपण गर्ने सामुहीक संकल्प  गरेका छन । संस्थाका अध्यक्ष अर्जुन खरेलको जन्मदिनको अबसर आयोजित सामुहिक प्रतिबद्धता कार्यक्रममा सबैले जन्मदिनमा वृक्षरोपण गर्ने सामुहीक संकल्प  गरेका हुन।

उनिहरुले जन्मदिनमा पार्टी, भोज र मोजमस्तिमा अनावश्यक खर्च गर्नुभन्दा सामाजिक कामको थालनी गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका वक्ताहरुले संस्थाले राम्रो कामको थालनी गरेको भन्दै यो अभियानमा आफुहरुपनि जोडिने प्रतिवद्धता व्यक्त गरे ।

समुहमा काम गर्दा हरेक सानो कामको पनि महत्वपुर्ण समाजिक परिवर्तन ल्याउन सक्ने भन्दै यस्तो सामुहीक संकल्प गरेको संस्थाका अध्यक्ष अर्जुन खरेलले बताए । बिगतमा संस्थाले गरेका कामको सही मुल्यांकनका कारण अहिले संस्थाले समाजमा आफ्नो हरेक अभियानमा जनसमर्थन पाउने गरेको उनको भनाई थियो ।

कार्यक्रममा मदन भण्डारि स्पोर्ट्स एकेडेमी प्रदेश ५ का उपाध्यक्ष मीन प्रसाद पोखरेल युवा संघ नेपालका केन्द्रिय सदस्य सरिता श्रीस, वडा प्रहरि कार्यालय बुटवलका प्रमुख हेम केसि, बुलेटिन नेपालका सम्पादक बाबुराम गैरे, मणिमुकुन्द भलिबल क्लवका अध्यक्ष मिलन राना, शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्याल, बिद्यार्थी नेता अमृत भुसााल लगायतले बोलका थिए ।

कार्यक्रममा रुपन्देहीको शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रको म्यांगो गार्डेनमा वृक्ष रोपण समेत गरिएको छ ।  संस्थाका अध्यक्ष अर्जुन खरेलको अध्यक्षतामा सम्पन्न सामुहीक संकल्प कार्यक्रमको संचालन श्रीधर अधिकारीले गरेका थिए ।