देवदह नगरपालिकाले गर्यो ७५ करोड ८७ लाख बरावरको बजेट प्रस्तुत

१० असार, देवदह । देवदह नगरपालिकाको पाचौ नगर सभा–२०७६ शुरु भएको छ ।

नगरसभामा निती, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । नगरसभामा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले आर्थिक बर्ष २०७६/०७७ को लागि ७५ करोड ८७ लाख बरावरको बजेट प्रस्तुत गरकि हुन ।

शर्सत तर्प १८ करोड २६ लाख, सामाजिक सुरक्षा तर्फ १२ करोड, स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम तर्फ १ करोड ५० लाख, अनुदान राजश्व वाडफाड समपुरक अनुदान र आन्तरिक राजश्व तर्फ गरी ४४ करोड ११ लाख गरी आर्थिक बर्ष २०७६/०७७ को लागि ७५ करोड ८७ लाख बजेट प्रस्तुत गरेको छ ।

नगर सभामा निती तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख हिराबहादुर खत्रीले नगरपालिकाले कृषि, पर्यटन , उद्योग र पशुपालनलाई प्राथमिकता दिएर निती तथा कार्यक्रम ल्याइएको बताइन । उनले कृषि तर्फ विऊ, मल, प्राविधि, सिचाई, उपकरण व्यवसायीक कृषकहरुलाई अनुदानको व्यवस्था गरेको बताइन । यसैगरी देवदह नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा गर्न देवदहमा रहेका ऐतिहासिक स्थलहरुको उत्खनन्, संरक्षण, सम्वद्र्धनको लागि निती तथा कार्यक्रममा समेटदै अगाडि बढेको बताइन ।

पाचौ नगरसभाको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले उत्पादन बृद्धिको लागि कृषिमा लगानी बढाउनु पर्नेमा जोड दिएका थिए । उनीहरुले कृषिमा व्यवसायीक कृषकहरुलाई अनुदानको व्यवस्था गर्न सकेमात्र उत्पादन बृद्धि हुने भन्दै सोही अनुसार निती, कार्यक्रम तथा बजेट ल्याउन आग्रह गरेका थिए । कार्यक्रमका वक्ताहरुले आयात घटाउन र निर्यात बढाउन उत्पादन बृद्धि गर्न आवश्यक रहेको भन्दै यसको लागि उत्पादन क्षेत्रमा अनुदानकोा व्यवस्था गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

नगर प्रमुख हिराबहादुर खत्रीको अध्यक्षतामा भएको नगर सभामा नेपाल कम्यूनिष्ट पार्टी नेकपा देवदहका अध्यक्ष प्रकाश अर्याल, नेपाली काग्रेस देवदह नगरसभापति गुनाखर भुर्तेल, अन्तर पार्टी महिला सञ्जाल देवदहका अध्यक्ष लक्ष्मी पंगेनी, देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल ढकाल, देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग, उद्योग व्यापार संगठनका अध्यक्ष गणेशकुमार खाती लगायतले आ–आफना भनाई राखेका थिए ।

नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र गंगाप्रसाद पन्थीको संचालनमा सम्पन्न भएको थियो ।