तिलोत्तमामा जारि जिल्ला स्तरिय अन्तर मावि  फुटसलमा स्कलर्स र स्मृति अन्तिम चारमा

३१ जेठ, तिलोत्तमा । मदन भण्डारी स्पोर्टस एकेडेमी तिलोत्तमा नगर कमिटिको आयोजनामा आजदेखि मणिग्राममा सुरु भएको मदन भण्डारी प्रथम जिल्ला स्तरिय अन्तर मावि फुटसल प्रतियोगितामा स्मृति बोर्डिङ स्कुल र स्कलर्स होम अन्तिम चारमा प्रबेश गरेका छन ।

प्रतियोगितामा न्यु लाईट स्कुललाई ८ गोलको अन्तरले पराजित गर्दै स्कलर्स होमले ईन्भाइरोन्मन्ट स्कुललाई १ गोलले पराजित गर्दै स्मृति स्कुल रातो अन्तिम चारमा प्रवेश गरेका हुन ।

तिलोत्तमा नगरपालिका वडा नं. ५ स्थित युनिक फुटसलमा जारी प्रतियोगितामा भोली विहान स्कलर्स होम बि र पामिर एकेडेमी, सिद्धार्थ मावि ए र स्कलर्स होम ए तथा स्मृति स्कुल निलो र जनज्योती माविका बिचमा क्वाटरफाईनलका खेलहरु हुने छन ।

प्रतियोगिताको आज बिहान एक कार्यक्रमका बीच नेकपा रुपन्देहीका अध्यक्ष तथा बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले उदघाटन गरे । त्यस अवसरमा बोल्दै उनले खेलकुदको बिकासका लागि एकेडेमीले गरेको प्रतियोगिताहरु अनुकरणीय रहेको बताए । उनले खेलको बिकासका लागि बुटवल उपमहानगरपालिकाले बिशेष कार्यक्रमहरु गरीरहेको र अन्य नगरपालिका तथा स्थानीय तहलाई कार्यक्रम गर्न आग्रह गर्ने बताए ।

कार्यक्रममा मदन भण्डारी एकेडेमीका केन्द्रिय उपाध्यक्ष धु्रव आचार्य, तिलोत्तमा नगर उपप्रमुख जागेश्वरदेबि चौधरी, एकेडेमीका प्रदेश उपाध्यक्ष मिन प्रसाद पोखरेल, जिल्ला अध्यक्ष कृष्ण देवकोटा लगायतले बोलेका थिए ।

प्रतियोगितामा उपाधि विजेता टिमलाई नगद १५ हजार, उपविजेता टिमलाई नगद १० हजारसहित कप, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने र सेमीफाईनलमा पुग्ने दुई टिमले नगद ५–५ हजार, प्रमणपत्रबाट पुरस्कृत गरिने एकेडेमीका नगर अध्यक्ष मिलन रानाले जानकारी दिए ।

यसैगरि हाई स्कोरर, बेष्ट डिफेन्स, बेष्ट गोलकिपरसहित विद्यागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुुरस्कृत गरिने छ । भोलीसम्म चल्ने प्रतियोगितामा रुपन्देहीका २२ वटा नीजि तथा सामुदायिक विद्यालय सहभागि छन ।